|

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्व अंगरक्षक युवराज दुलाल प्रदेशसभामा विजयी भएका छन्।

शरदका नामले चिनिने युवराज दुलाल सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र 'क'बाट निर्वाचित भएका हुन्।

उनले १९ हजार ६९६ मत प्राप्त गरे। उनका प्रतिद्वन्दी कांग्रेसका विकास तामाङले १३ हजार ८६० मत प्राप्त गरे।

यो क्षेत्रमा प्रदेशसभातर्फ ३७ हजार ३९३ मत खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.