|

काठमाडौं : झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका एमाले उम्मेदवार लालप्रसाद साँवा लिम्बु विजयी भएका छन्।

लिम्बुले ४३ हजार ५१५ मत प्राप्त गरेर निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका देउकुमार थेवे १६ हजार ६९३ मतले पछाडि परे। थेवेले २६ हजार ८२२ मत प्राप्त गरे।

यसैगरी, झापा ४ को प्रदेशसभा सदस्य (क)मा माओवादीका झलकबहादुर मगरले १७ हजार २५६ मत प्राप्त गरी विजयी भए भने प्रदेशसभा सदस्य (ख) मा एमालेका हीराकुमार थापाले २४ हजार ९०१ मत प्राप्त गरी निर्वाचित भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.