|

डोटी : डोटीमा प्रदेशसभा ‘ख’ को मतगणना स्थगित भएको छ। मतगणना भइरहँदा कर्मचारीले नतिजा इन्ट्री गर्दा मत घटाएको भन्दै विवाद सुरु भएको थियो।

स्रोतका अनुसार प्रदेश नं ‘ख’ को मतगणना भइरहँदा कांग्रेसको पक्षमा झरेका १ सय ५० मतको मुठ्ठालाई कागजमा मत परिणाम इन्ट्री गर्दा कर्मचारीले १०० मात्रै उल्लेख गरेको भेटिएपछि दलहरुबीच विवाद भई मतगणना रोकिएको हो।

यस विषयमा मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुसँग कुरा गर्दा मतपत्र गणना गरेर मुठ्ठा पार्दा विवाद आएको बताउँदै विवाद समाधानका लागि छलफल भइरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.