|

बझाङ : स्थानीय तहको भन्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बढी मत बदर भएका छन्। बदर भएका अधिकांश मतपत्रमा मतदाताले स्वस्तिक चिह्नको साटो ल्याप्चे लगाएका छन्।

बदर मत बढ्नुमा मतदाता शिक्ष प्रभावकारी बनाउन नसकेको भन्दै दलहरूले निर्वाचन आयोथगको आलोचना गरिरहेका छन्। आयोगले भने मतदातालाई बुझाउनु दलहरूको पनि जिम्मेवारी भएकाले आलोचना गर्न नमिल्ने प्रतिक्रिया दिएको छ। बझाङमा प्रतिनिधिसभामा ६६ हजार २ सय ७३ मत खसेकोमा ३ हजार ६ सय १३ मत बदर भएको छ। प्रदेशसभा 'क'मा खसेको ३२ हजार २ सय ५६  मध्ये एक हजार एक सय ८१ मत बदर भएको छ। 

यस्तै प्रदेश 'ख'मा ३४ हजार १७ मध्ये २ हजार ३६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। समानुपातिकतर्फको प्रत्यक्षमा पनि तीन गुणा मत खेर गएको पाइएको छ। बदर भएका अधिकांश मतमा ल्याप्चे लगाएको पाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

'सबैभन्दा बढी मत बदर ल्याप्चे लगाएका कारण भएका छन्’, जिल्ला निर्वाचन अधिकारी ध्रुवकुमार भण्डारीले भने, ‘ त्यसपछि दुई वा त्योभन्दा बढी छाप लगाइएकाले मत बदर भएका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.