|

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको होस्टेलबाट ब्राउन सुगरसहित एक जना डाक्टर पक्राउ परेका छन्। प्रतिष्ठानमै अध्ययन गरेर इन्टर्न गर्दै रहेका डा। क्षितिज श्रेष्ठसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिष्ठानको होस्टेलको ११४ नम्बर रुमबाट काठमाडौं सिनामगंलका डा‌‍‌ श्रेष्ठसहित धरान १० का दिनेश श्रेष्ठ र धरान-५ का उज्वल हलुवाईलाई शनिबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

उनीहरुको साथबाट २५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए।

लगाई प्रतिष्ठानभित्र ब्राउन सुगर पु¥याउने र श्रेष्ठले डाक्टरलाई उपलब्ध गराउने गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ। श्रेष्ठ प्रतिष्ठानको ४ नं मेसका सञ्चालक हुन्। उनीहरुलाई शनिबार प्रतिष्ठानको सुरक्षा गार्डहरुले रंगेहात पक्राउ गरेर वार्डेनलाई बुझाएको थिए।

प्रहरीले पहिलो घट्ना भएको बताए पनि यो पहिलो घटना नभएको प्रतिष्ठानका एक कर्मचारीले बताएका छन्। गाँजा, चुरोट तथा रक्सी सेवन गर्ने जस्ता कार्यमा संलग्नहरुलाई प्रतिष्ठानका सुरक्षा गार्डले पटक पटक वार्डेनलाई बुझाउदै आएको प्रतिष्ठान श्रोतले जनाएको छ।

प्रतिष्ठान हाताभित्र कोही गैरकानुनीरुपमा पक्राउ गरेपनि सुरक्षा जिम्मा पाएको सेक्युरिटी कम्पनीले सिधै प्रहरीमा बुझाउन पाउँदैन। सेक्युरिटी कम्पनीले पक्राउ गरेर वार्डेनलाई बुझाउनुपर्ने हुन्छ। त्यसैले धेरैजसो यस्ता घटना प्रतिष्ठानभित्र नै गुपचुप रहने गरेको श्रोतले बताएको छ।

धरान प्रहरीले शुक्रबार मात्रै ९ ग्राम ब्राउन सुगरसहित धरान–३ बाबाधाम मार्गबाट ललित विश्वकर्मा र समीर मगरलाई पक्राउ गरेको थियो। यस्तै धरान–१० बाट एक युवा आइतबार लागु औषध सहित पक्राउ परेका छन्।

भरौल ३ बस्ने २४ वर्षीय नविन राई एभिल, डाइजोलाप र लुपिजैसिकको २१ एम्पुल सेटसहित पक्राउ परेका छन्। उनलाई आवश्यक अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय धरानमा राखिएको धरानका डिएसपी रामेश्वर पौडेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.