|

कैलाली : समानुपातिकको सूचीमा रहेका प्रदेश नम्बर ७ का मुख्यमन्त्रीका दुईजना दावेदार नेता सांसद बन्न पाएनन्। माओवादीका हरिराम चौधरी र एमालेका कर्णबहादुर थापा सांसद बन्न नपाएका हुन्।

संविधानअनुसार महिला प्रतिनिधित्व पुर्‍याउन एमाले र माओवादीले समानुपातिकमा महिलाई मात्र सिफारिस गर्नुपर्ने बाध्यता भएपछि उनीहरु सांसद बन्न नपाएका हुन्। दुवै दलले प्रदेशसभाको समानुपातिकतर्फ सबै सिटमा महिलाको मात्रै नाम सिफारिस गरेका छन्।

आआफ्नो पार्टीमा मुख्यमन्त्रीका बलिया दावेदार मानिएका दुवैजनाको नाम प्रदेशसभातर्फ समानुपातिकमा थियो। एमालेले प्रदेशसभाको नेतृत्व गर्ने अवसर पाए निर्विकल्प रुपमा थापा मुख्यमन्त्रीका उम्मेदवार थिए। निर्वाचनअघि नै प्रदेश नम्बर ७ को भावी मुख्यमन्त्रीका रुपमा चर्चा गरिएका नेता थापालाई एमालेले समानुपातिकतर्फ पहिलो नम्बरमा राखेको थियो।

प्रत्यक्षतर्फ ३२ मध्ये १७ सिट जितेको एमालेले समानुपातिकमा पाएका सबै ८ सिटमा महिला ल्याउनुपरेपछि थापा प्रदेशसभा सदस्य बन्न नसकेका हुन्। संविधानले हरेक दलबाट ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ। जसअनुसार प्रत्यक्षतर्फ एमालेबाट एकजना पनि महिला थिएनन्।

आफू प्रदेशसभामा जान नपाएपछि थापाले सामाजिक सञ्जाल फेसबुकमा असन्तुष्टी पोखेका छन्। उनले लेखेका छन्, 'पार्टी स्थायी समितिले क. मर्यादा विष्टलाई कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रको प्रदेश 'ख' मा उम्मेदवार उठाउने निर्णय गरेको थियो। सो निर्णय कार्यान्वयन भएको भए समानुपातिकबाट मेरो नाम पर्ने थियो।' २० निर्वाचन क्षेत्रमध्ये कुनैमा पनि महिला उम्मेदवार प्रत्यक्षमा नबनाएकोमा उनले असन्तुष्टी पोखेका हुन्।

उनले सबै प्रकारका जालझेल र षडयन्त्र अन्त्यका लागि लाग्ने बताएका छन्। तर जालझेल र षडयन्त्र कसले गर्‍यो भन्ने खुलाएका छैनन्। एमालेले कञ्चनपुर १ को प्रदेशसभा ख मा मर्यदा विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेपनि अन्तिम अवस्थामा उनको ठाउँमा तारा लामा तामाङलाई उम्मेदवार बनाइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.