|

बाँके : खजुरा गाउँपालिका–२, सीतापुरमा सम्पन्न दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगितामा मध्यपश्चिमाञ्चल ११ प्रथम भएको छ।

एथलेटिक्सको महिला–पुरुष गरी ११ विधामा भएको खेलमा मध्यपश्चिमाञ्चल ११ स्वर्णसहित प्रथम भएको हो। उसले ९ रजत र एक कास्य गरी २१ पदक हात पारेको हो। 

प्रतियोगितामा मध्यमाञ्चल ५ स्वर्ण जित्दै दोस्रो भएको छ। मध्यमाञ्चलले ४ रजत र ५ कास्य गरी १४ पदक हासिल गरेको छ। तेस्रो स्थान पाएको पश्चिमाञ्चलले ३ स्वर्ण, ५ रजत र ७ कास्य गरी १५ पदकमा चित्त बुझाएको छ। 

पहिलोपटक बाँकेको ग्रामीण भेगमा आयोजना भएको प्रतियोगितामा सुदूरपश्चिमाञ्चलले ३ स्वर्ण जितेको छ। उसले ३ रजत ६ कास्य तथा पूर्वाञ्चलले कुनै पनि स्वर्ण पदक जित्न सकेन। उसले १ रजत र ३ कास्य गरी ४ पदक जितेको प्रतियोगिता सचिवालय संयोजक यमनारायण महतोले जानकारी दिए। 

थारु र महतो 'बेस्ट प्लेयर'    
मध्यपश्चिमाञ्चलकी जयरानी थारु महिलातर्फको बेष्ट प्लेयर भइन्। उनले २ सय मिटर दौड, लङजम्प र ४ गुणा १०० मिटर दौडमा स्वर्ण पदक हात पारिन्। त्यसैगरी प्रतियोगितामा मध्यमाञ्चलका भुवन महतो बेष्ट प्लेयर घोषित भए। उनले २ स्वर्ण हात पारे। उनले त्रिपल जम्प र लङजम्पतर्फ स्वर्ण हात पारेका हुन्। 

मध्यपश्चिमाञ्चलका माधव चौधरीले पनि २ स्वर्ण हात पारे। उनले आठ सय मिटर दौड र एक हजार ५ सय मिटर दौडमा स्वर्ण जितेका हुन्।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.