|

कालिकोट : प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ प्रदेश नं. ६ मा कमजोर नतिजा पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले सामानुपातिकतर्फ प्रदेशसभा सदस्य कालिकोटका सोशीला शाहीलाई सिफारिस गरेको छ। प्रदेश नं. ६ मा राप्रपाले प्रदेशसभामा पाएको एक सिटमा शाहीलाई सिफारिस गरेको हो।

को हुन सोशीला ?

०३७ मा कालिकोट जिल्लाको नरहरीनथा गाउँपालिका वडा नं ५ को रुप्सामा जन्मिएकी सोशीला शाही सानै उमेरमा बुबासँगै भारतमा बसेर उतै सामान्य लेखपढ गरेकी थिइन्। भारतमा नै रहदाँ जिल्लाकै रास्कोट नगरपालिका वडा नंं ५ बिजयपुरमा सुरबिर शाहीसँग १३ वर्षको उमेरमा नै विवाह गरेकी थिइन्।

१३ वर्षको उमेरमा विवाह भएपछि १५ वर्षको उमेरमा नेपाल आएकी शाहीले त्यतिवेलाबाट नै राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध रहेर विभिन्न संगठनमा काम गरेको बताइन्। ‘सानै उमेरमा भारतमा गएँ।’ उनले भनिन्,‘नेपाल आएपछि राजनीतिमा लागेको हुँ।’ राप्रपा महिला संगठनको जिल्ला अध्यक्ष रहेकी शाही पार्टीको जिल्ला कमिटी सदस्यसमेत हुन्।

समृद्ध प्रदेश बनाउन पहल गर्नेछु : शाही

आपूm प्रदेशसभा सदस्य भएपछि समृद्ध प्रदेश बनाउन पहल गर्ने बताइन्। ‘यो प्रदेश धेरै पछाडि परेको छ।’ शाहीले भनिन्,‘यो प्रदेशलाई समृद्ध बनाउन मेरो पहल हुनेछ।’

बालविवाह र गरिबी रहेको ६ नं प्रदेशमा त्यसलाई हटाउन आफूले सकेसम्मको काम गर्न लाग्ने शाहीको भनाइ छ। ‘सबैभन्दा शिक्षा दीक्षा हिसाबले कुरीतिका कारण यो प्रदेश अरुभन्दा पछाडि नै रहेको छ।’ उनले भनिन्,‘त्यसलाई हटाउन पहल गर्नेछु।’

कर्णाली प्रदेशमा महिलाहरुमाथि पनि निकै विभेद भएको त्यो विभेद हटाउन आफूले पहल चाल्ने शाहीले बताइन्। ‘कर्णालीका महिलाहरु निकै पछाडि परेका छन्।’ उनले भनिन्,‘त्यो बिभेद हटाउन आफूले पहल चाल्ने नयाँ कानुन बनाउन सहयोग गर्नेछु।’

हिन्दूहरुको रक्षा गर्छु

नेपालमा बहुसंख्यक हिन्दुहरु रहेका कारणले आफ्नो पहिलो प्राथामिकता हिन्दुको धार्मिक अधिकारको रक्षा नै पहिलो प्राथमितामा रहने शाहीले बताइन्। ‘यो देशमा बहुसंख्यक हिन्दुहरु रहेका छन्। धार्मिक आक्रमण तिब्र भइरहेको छ।’ उनले भनिन्,‘हिन्दुहरुको धार्मिक अधिकारको रक्षा गर्नु मेरो पहिलो प्राथमिकता हो।’

धर्म सस्कृतिको रक्षा बिना देशको रक्षा नहुने भएकाले धर्म रक्षा गर्नका लागि ठाउँ ठाउँमा मठमन्दिर निर्माण पनि आफ्नो प्राथमिकता रहने शाहीले बताइन्। ‘मेरो प्राथमिकताको विषय मठ मन्दीर बनाउने पनि रहेको छ।’ उनले भनिन्,‘धर्म संस्कृतिका रक्षाविना देशको रक्षा हुन सक्दैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.