|
प्रतिकात्मक तस्बिर

काठमाडौं : यसअघि सभासद् अथवा प्रतिनिधिसभा सदस्य रहेका १४ जना समानुपातिकबाट प्रदेशसभा सदस्य बन्ने भएका छन्। पाँचवटै राष्ट्रिय दलबाट पूर्वसांसद प्रदेशसभा सदस्य बन्न लागेका हुन्।

एमाले : पूर्वसांसदहरू उषाकला राई, यशोधा अधिकारी र शान्ति थिङ समानुपातिकतर्पmबाट प्रदेश सभा सदस्य बन्दै छन्।

कांग्रेस : मालेबाट यसअघि सांसद रहेका शिवचन्द्र चौधरी कांग्रेस प्रवेश गरी प्रदेशको सांसद बन्दै छन्। त्यस्तै, पूर्वसांसदद्वय सरस्वती चौधरी र प्रमिलादेवी दास पनि छनोट भएका छन्। यसअघि दोस्रो संविधानसभामा मनोनीत २६ भित्र परेकी गीता वाग्ले र अखण्ड नेपाल पार्टीबाट कांग्रेस प्रवेश गरेका पूर्वसांसद कुमार खड्का पनि सांसद बन्दै छन्।

माओवादी : माओवादीले पूर्वसांसदहरू सीताकुमारी नेपाली, दामाकुमारी शर्मा र विमला केसीलाई प्रदेशसभा सदस्य बनाउँदै छ।

राजपा : राजपाले समानुपातिकतर्पm पूर्वसांसदद्वय डिम्पल झा र रामनरेश रायको नाम छनोट गरेर निर्वाचन आयोगमा बुझाएको छ।

फोरम : संघीय समाजवादी फोरमबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभामा एकजना पूर्वसांसदले प्रतिनिधित्व गर्दै छन्। प्रदेश २ मा फोरमले पूर्वसांसद करिमा वेगमलाई सांसद बनाउँदै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.