|

काठमाडौं : २०७० साउन ३२ गते ललितपुको ग्वार्कोस्थित प्रेमलाल महर्जनको घरमा रुद्रदेव तिवारीको हत्या भयो। उक्त हत्याकाण्डको नाइके बारा रघुनाथपुरकी  रितादेवी पाण्डे हुन्। रितादेवी पाण्डे र तिवारीबीचको शारीरिक सम्बन्ध रहेको र पछि तिवारीले विवाहित पाण्डेसँग शारीरिक सम्बन्ध नियमित खोज्दा हत्या गरेको पाण्डेले प्रहरीको बयानमा खुलाएको ललितपुर प्रहरीले जनाएको छ। हाल उनी ललितपुर जिल्ला अदालतको २०७० मंसिर २५ गतेको फैसला अनुसार सर्वस्वसहित जन्मकैद भुक्तान गरिरहेका छन्।

२०७२ माघ २० गते काठमाडौं टोखाकी संगीता पाण्डेले भाडाको मान्छे प्रयोग गरेर आफ्नै बाबु माइला महर्जनको हत्या गरिन्। परिवारको अनुमतिविना बिहे गरेकी संगीताले बाबुको सम्पत्ति हडप्न भाडाको मान्छे प्रयोग गरेर आमा र दाजुलाई समेत मार्ने योजना बनाएकी थिइन्। उनी अहिले जन्मकैदको सजाय  भुक्तान गरिरहेकी छन्।

पुरुषको तुलनामा महिलाहरु बढी संवेदनशील हुन्छन्, त्यसैले उनीहरु जघन्य अपराधमा संलग्न हुँदैनन् भन्ने मान्यता राखिन्छ। तर जघन्य अपराधमा पनि महिलाको संलग्नता बढेको पाइएको छ। 

२०७३ माघ १९ गते आफू करोडौंको व्यवसाय गर्ने जग्गा कारोबारी हुँ भनेर सर्वसाधारणलाई प्रलोभन देखाएर विभिन्न व्याक्तिबाट दुई करोड ४१ लाख ६० हजार रुपैयाँ उठाएर ठगी गर्ने काठमाडौं लाजिम्पाटकी रमिता लुलाधरलाई प्रहरीले पक्राउ गर्‍यो। अहिले उनी ठगी मुद्दामा पुर्पक्षको लागि थुनामा छिन्।

२०७३ फागुन ५ गते राधिका सुनुवार श्रेष्ठले आफ्ना केटा साथीसंग मिलेर आफूले काम गर्दै आएको पसलका मालिक श्यामसुन्दर अग्रवाललाई सुन्धाराको होटलमा बन्धक बनाई फिरौती लिइन्। पछि घटनाको पोल खुल्ने डरले उनका साथीहरुले राधिका श्रेष्ठकै हत्या गरे।

पुरुषको तुलनामा महिला महिलाहरु बढी संवेदनशील र कोमल हुन्छन्, त्यसैले उनीहरु जघन्य अपराधमा संलग्न हुँदैनन् भन्ने मान्यता राखिन्छ। तर माथिका यी उदाहरणले जघन्य अपराधमा पनि महिलाको संलग्नता बढेको पाइएको छ। त्यसमा पनि हत्याजस्तो अपराधमा त महिलाहरुको संलग्नता प्राय भेटिदैन। तर पछिल्लो समय हत्याका घटनाहरुमा समेत महिलाको संलग्नता रहेको भेटिएको छ। 

केही वर्षयता महिलाबाट पनि जघन्य अपराधका घटना भएको पाइएको अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी दिवेश लोहनीको भनाइ छ। बदलिदो समाज, बढ्दो आर्थिक दायरा, अवैधानिक सम्बन्ध, दुर्व्यसन महत्वाकांक्षा प्रेममा धोका र संगतका कारण नेपाली महिला अपराधको दुनियाँमा सक्रिय हुँदै गएको उनको बुझाइ छ।

केही महिला बाध्यताले, केही महत्वाकांक्षाले त केही संगतका कारणले हत्या, अपहरण, लागुपदार्थ ओसार पसार जस्ता ठूला अपराधकर्ममा संलग्न भएको पाएको उनले बताए। 'पहिला जस्तो महिलामा सहनशीलता छैन, म पनि के कम भन्ने भावाना छ। यसले अब अपराधको लागि महिला पुरुष भन्ने नै रहेन' एसएसपी लोहनीले भने।

ललितपुर प्रहरी परिसरका प्रवक्ता नरेन्द्र चन्दका अनुसार आर्थिक वर्ष २०७३/२०७४ मा कर्तव्य ज्यान सम्बन्धी मुद्दामा महिलाविरुद्ध जाहेरी नपरे पनि ठगीका घटना भने महिलाहरु संलग्न भएको उजुरी प्रहरीकोमा परेको छ। आर्थिक अवस्था कमजोर भएका तर महत्वकांक्षा बढी हुने महिला अपराधिक कार्यमा संग्लन हुने गरेका छन्। 'पैसा हुनेहरुको जस्तै उनीहरुलाई पनि रहर लाग्दो हो, देखासिकी गर्नुपर्ने हुन्छ, समाजको रहनसहनले पनि महिलाको घटनाप्रतिको मनसिकतामा फरक पर्न सक्छ' चन्दले भने।

पाटन संयुक्त क्याम्पसका समाजशास्त्रका सह प्राध्यापक डा. रेशराज अधिकारीका अनुसार महिलामा पनि प्रतिशोधको भावन बढ्न थालेको छ। 'पहिलाको जमना जस्तो अहिले छैन। महिलाहरुमा पनि पुरुष भन्दा के कम भन्ने भावना बढेको छ। यसैको कारण महिला पनि बिभिन्न अपराधिक घट्नामा संलग्नता बढेको छ' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.