|

काठमाडौं : राजधानी नतोकेर प्रदेश संसदको काम केन्द्रमै अघि बढाउने सरकारको तयारी असंवैधानिक र संघीयताको मर्मविपरीत भन्दै आलोचना सुरु भएको छ। सरकारले गृहकार्य अघि बढाएलगत्तै प्रदेश राजधानीको माग गर्दै ठाउँठाउँमा आन्दोलन सुरु भएपछि राजधानी नतोकेर प्रदेशका सांसदहरुलाई काठमाडौंमा सपथ खुवाउने, प्रदेश संसदको केही वैठक काठमाडौमै गर्ने तयारी सरकारले गरेको हो। 

संविधानले तोकेको जिम्मेवारी पूरा गर्न नचाहेर सरकारले असंवैधानिक काम गरेको भन्दै विज्ञहरुले विरोध गरेका छन्। संविधानविद् पूर्णमान शाक्य प्रदेशस सांसदलाई काठमाडौंमै सपथ खुवाउने कुरा संविधानको भावना विपरीत हुने तर्क गर्छन्। 'प्रदेश राजधानीतोक्न सरकार डराउनुहुँदैन' शाक्य भन्छन् ' प्रदेशका सांसदहरुले सम्बन्धित प्रदेशमा शपथ खानुपर्छ र प्रदेशको कार्य सम्बन्धित प्रदेशकै हुनुपर्छ।'

अलोकप्रिय निर्णय नगर्ने भन्दै सरकारले प्रदेश राजधानी नतोकेर प्रदेशसभाको काम घि बढाउन खोजेको विज्ञहरुको आरोप छ। राष्ट्रियसभा निर्वाचन माघ २४ गते तोकिएका कारण त्यसअगावै प्रदेश प्रमुख नियुक्त गरी प्रदेश सांसदहरुले शपथ लिनुपर्ने बाध्यता छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.