|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले यसपटक कार्यालयको आखिरीमा रक्षा र परराष्ट्र मामिलासँग सम्बन्धित दुई प्रतिबेदन बुझ्दै छन्। मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको टास्क फोर्स फर फेरन पोलिसी रिभ्यु अफ नेपाल तथा रक्षामन्त्रीको तहबाट गठित प्रतिरक्षा नीतिको अन्तिम मस्यौदा तयार भएको छ।

'प्रतिरक्षा नीतिसँग सम्बन्धित प्रतिवेदन तयार छ, मेरो तहमा अध्ययन भइसकेको छ, अब प्रधानमन्त्रीज्यूलाई बुझाउने गृहकार्य भइरहेको छ।' रक्षामन्त्री भीमसेन दास प्रधानले भने।

रक्षा मन्त्रालयका पूर्वसचिव माधव रेग्मी नेतृत्वको पाँच सदस्यीय कार्यदलले राष्ट्रिय सुरक्षा नीतिका आधारमा प्रतिरक्षा नीति तयार गरेको छ। भीम रावल रक्षामन्त्री हुँदा तयार भएको राष्ट्रिय सुरक्षा नीति २०७३ का आधारमा अघिल्लो रक्षामन्त्री बालकृष्ण खाँणले रक्षा नीतिका लागि कार्यदल गठन गरेका थिए।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.