|

काठमाडौं : निर्वाचनबाट ठूलो दल बनेपछि वाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली निर्विकल्प प्रधानमन्त्रीका रूपमा उभिएका छन्। चीननिकट मानिएका केपी ओली भावी प्रधानमन्त्री बन्ने निश्चित भएपछि भारतीय संस्थापन पक्ष ओलीसँगको सम्बन्ध सुधार्ने प्रयासमा लागेको छ।

वाम गठबन्धन निर्माण चिनियाँ डिजाइनमा भएको आरोप भारतीय पक्षबाट लाग्दै आएको थियो। वाम गठबन्धनले बहुमत जित हासिल गर्दा निर्वाचन भएको झण्डै एक महिना मौन रहेका भारतीय संस्थापन पक्ष र प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसयताको एक महिनाभित्र एमाले अध्यक्ष ओलीलाई दुईपटक फोन गरिसकेका छन्।

एक महिनाको अन्तरालमा ओलीलाई दुईपटक फोन गरी उनले बधाइसमेत दिए। प्रधानमन्त्री चयसमेत नभईकन ‘अपमेकिङ’ प्रधानमन्त्रीका रूपमा ओलीलाई शुभकामना दिँदै भारतभ्रमणको मौखिक निम्तासमेत दिन भ्याए। स्वास्थ्योपचारका लागि थाइल्याण्ड गएका ओलीलाई स्वदेश फर्किएलगत्तै आइतबार टेलिफोन गरी मोदीले स्वास्थ्य अवस्थाबारे जानकारी दिए।

टेलिफोन वार्ताका क्रममा मोदीले नयाँ सरकार गठनको बारेमा समेत जिज्ञासा राखेका थिए। यता नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीसभेत पछिल्लो समय सक्रिय बन्दै गएका छन्। उनले राजनीतिक दलका उच्चदेखि दोस्रो तहका नेताहरूसँग भेट गर्दै आएका छन्। नेपालको राजनीतिक दलका नेताहरूसँग भेट गरी भारतीय राजदूत पुरी स्वदेश गएसँगै प्रधानमन्त्री मोदीको फोन आएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.