|

काठमाडौं : सरकारले माघ २४ गतेका लागि राष्ट्रियसभा निर्वाचनको मिति तय गरेको छ। तर, प्रदेशसभा सांसद र स्थानीय तहका अधिकांश प्रमुख उपप्रमुख ता अध्यक्ष उपाध्यक्ष राष्ट्रियसभाको निर्वाचनको मितिबाहेक मतदान प्रक्रिया र कहाँ मतदान हुन्छ भन्नेबारे अझै अनविज्ञ छन्।

निर्वाचन अयोगले दलका केन्द्रीय स्तरका नेतालाई आयोगमा बोलाएर निर्वाचनको प्रक्रिया र मतगणनाबारे जानकारी गराए पनि जनताबाट प्रत्यक्ष मतदान भएर चुनिएका प्रदेशका सांसद र स्थानीय तहका प्रमुख उपप्रमुखले भने निर्वाचनको मितिबाहेक अन्य प्रक्रिया र मतदान स्थलबारे जानकारी नभएको बताए।

प्रदेश नं. १ इलाम–१ ‘क’ बाट नेकपा एमालेका तर्फबाट निर्वाचित सांसद काजीमान कागतेले २४ गते निर्वाचन हुने जानकारी भएको तर कसरी मतदान गर्ने र कहाँ गएर गर्ने भन्ने जानकारी नभएको बताए।

‘२४ गते निर्वाचन हुन्छ भन्ने जानकारी आएको छ, निर्वाचनमा कसरी मतदान गर्ने र मतदानका लागि कहाँ जाने भन्नेबारे केही थाहा छैन,’ उनले भने, ‘ पार्टीले उठाएको उम्मेदवारलाई भोट हाल्ने हो। पार्टीको लाइन छाडिँदैन। अरु त्यस दिनसम्म जानिएला नि।’

बारा–३ ‘ख’ बाट संघीय समाजवादी फोरम नेपालको तर्फबाट निर्वाचित सांसद पारस साहले प्रदेशको अस्थायी राजधानी जनकपुरमा उम्मेदवारी दर्ता भएको सुनेको बताए। उनले निर्वाचन भने आफ्नै जिल्लमा हुने जानकारी पाएका बताए।

‘उम्मेदवारी प्रदेशको अस्थायी राजधानी जनकपुरमा गएर दर्ता गरेको भन्ने सुनेको छु। तर २४ गते मतदान आफ्नै जिल्लामा नै हुने भन्ने अपुष्ट खबर आएको, के हो अझै थाहा छैन।’ साहले भने।

प्रद्श नं. ३ अन्तर्गतका ललितपुर–१ ‘ख’का सांसद चेतनाथ सञ्जेलले भने सातै प्रदेशमा निर्वाचन हुने जानकारी भए पनि मतदान प्रक्रियाबारे भने स्पष्ट भइनसकेको बताए।

‘सातै प्रदेशमा राष्ट्रियसभा उम्मेदवार हुन्छन्, सबैलाई आ–आफ्नो प्रदेशका मतदातले मतदान गर्ने हो। प्रक्रियाबारे भने अलि अन्योलमा छु।’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.