|

काठमाडौं  : विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेश फर्काउने सरकारी महत्त्वकांक्षी अभियान असफलप्रायः भएको छ। नेपाल विज्ञान तथा प्रनविधिक प्रज्ञा प्रतिष्ठान(नास्ट) ले विदेशमा कार्यरत नेपाली वैज्ञानिकको सीप, दक्षता र स्वदेशमा उपयोग गर्न भन्दै अघिल्लो वर्ष सुरु गरेको अभियान अन्तर्गत दुई जनामात्र वैज्ञानिक स्वदेश फर्केर काम गरिरहेका छन्।

नास्टाले पहिलो पटक‘फर्क है फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल’ अभियान सञ्चालन गरेको थियो। सरकारको वार्षिक नीति तथा कार्यक्रमअनुसार नास्टले अघिल्लो वर्षको अन्त्यतिर लोकप्रिय नारा दिएर सुरु गरेको कार्यक्रमले निक्कै चर्चा पाए पनि विदेशमा कार्यरत वैज्ञानिकलाई आकर्षित गर्न सकेन। नास्टले विदेशमा कार्यरत वा विदेशबाट फर्किएको एक वर्ष पूरा नभएका वैत्रानिकलाई विज्ञानका क्षेत्रमा अनुसन्धानमा लगाउने बताएको थियो। नास्टका अनुसार १९ जनाले आवेदन दिए पनि अन्तिममा चार जना मात्र छनोट गरिएको थियो।

तीमध्ये दुई जना नास्टमै आएर काम गरिरहेका छन् भने दुई जनजा छनोट भए पनि नेपाल नफर्किएको नास्टले जनाएको छ। नास्टको कार्यक्रमअन्तर्गत एक वर्षदेखि दक्षिण कोरियामा कार्यरत डा. माधव न्यौपाने र डा. लक्ष्मीप्रसाद थापा फर्किएका हुन्। नास्टका उपकुलपति डा. जीवराज पोखरेलले विदेशमा रहेका नेपाली वैज्ञानिकको क्षमतालाई उपयोग गर्ने नीति अनुसार यो कार्यक्रम सुरु गरिए पनि अपेक्षकृत सफलता पाउन नसकेको स्वीकार गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.