|

काठमाडौं : आगामी २५ गतेभित्र सातै प्रदेशमा संसदीय दलको बैठक राख्न निर्देशन दिएको कांग्रेसले अहिलेसम्म प्रदेशसभा विधान पठाएको छैन। दलको नेता चुन्ने प्रक्रिया र दलका सञ्चालक गर्ने कार्यविधिकै अभाव हुँदा प्रदेशसभा सांसदहरु अलमलमा देखिएका छन्।

प्रदेशसभाको पहिलो बैठकमा सहभागी हुन र राष्ट्रियसभामा मतदान गर्न  सबै प्रदेश सांसद आएका बेला २२, २३ र २४ गतेमध्ये एक दिन दलको पहिलो बैठक राख्ने निर्देश गरिएको प्रवक्ता विशवप्रकाश शर्माले जानकारी दिए। पहिलो बैठक बोलउन भने पनि केन्द्रीय कार्यालयले दलको नेता चुन्ने प्रक्रिया सुरु गर्न विधान पठाएको छैन।

मोरङ–६ ‘ख’बाट निर्वाचित प्रदेश सांसद केदार कार्कीले दलको नेता चुन्नका लागि केन्द्रले विधान नपठाउँदा समस्या परेका बताए। ‘दलको नेता चुन्ने प्रक्रिया सुरु गर्न केन्द्रले विधान पठाएको छैन,’ कार्कीले भने, ‘प्रत्येक प्रदेशमा आ–आफूले विधान बनाए पार्टी केन्द्रसँगको लिगेसी टुट्छ। केन्द्रले पठाउँदैन, कसरी अघि बढ्ने अन्योल छ।’

प्रवक्ता शर्माले कार्यविधि र विधान नपाठाइएको स्वीकारे। ‘प्रदेशमा दलको नेता चुन्न र दल कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि अहिलेसम्म पठाइएको छैन,’ शर्माले भने, ‘हामी छलफल गर्दैछौं, बैठक बस्ने बेलासम्म कार्यविधि बनाएर पठाउने गरी तयार भइसकेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.