|

काठमाडौं : प्रदेश सभाका ९३ सिटमध्ये एमालेले ५१ सिट जितेको छ। मुख्यमन्त्रीमा सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राईको मुख्य दाबी छ। हिक्मत कार्की, जीवन घिमिरे, राजेन्द्र राईले पनि आकांक्षा राखेका छन्।

तर, दलको नेता छान्न निर्वाचन हुँदा अध्यक्ष केपी ओली र नेता माधव नेपाल समूह बाँडिन सक्ने देखिएकाले उनीहरू पनि आचार्य र राईमध्ये एकको पक्षमा उभिने सम्भावना छ। आचार्यनजिक कम्तीमा २८ देखि ३२ तथा राईको २२ देखि २५ सांसद सांसद पक्षमा छन्। तर, सर्वसम्मतको प्रयास भए प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य र १ मा राई मुख्यमन्त्री बन्ने सम्भावना पनि छ। 

प्रदेश २ मा मधेसी दलहरू बहुमतमा छन्। जम्मा १०७ सिटमध्ये संघीय समाजवादी फोरमले २९ र राष्ट्रिय जनता पार्टीले २५ सिट जितेको छ। दुई दल मिलेर सरकार बनाउने तयारीमा छन्। राजपाभन्दा बढी सिट रहेकाले मुख्यमन्त्रीमा संघीय फोरमले दाबी गर्दै आएको छ।

फोरमका उपाध्यक्ष लालबाबु राउत र कोषाध्यक्ष विजय यादव मुख्यमन्त्रीको दौडमा छन्। उनीहरू संसदीय दलको नेता बन्न आन्तरिक तयारी गरिरहेका छन्। दलको नेता चुनिन कम्तीमा १५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ। दुवै आकांक्षी नेतादेखि सांसदसम्मलाई आफ्नो पक्षमा उभ्याउन लबिङ गरिरहेका छन्।

११० सदस्यीय प्रदेश सभामा एमालेको ५८ सिट छ। उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्रीका प्रमुख दाबेदार छन्। नवौँ महाधिवेशनयता दुवै नेता माधव नेपाल खेमामा रहेकाले पाण्डे संस्थापनबाट अघि बढ्ने तयारीमा छन्।

तर, संस्थापन पक्ष पाण्डेलाई अघि सार्ने कि चर्चामा रहेका सानुकुमार श्रेष्ठ, डोरमणि पौडेल या केशव स्थापितलाई उम्मेदवार बनाउने टुंगोमा पुगिसकेको छैन।संस्थापनले कम्तीमा ३४ र नेपाल पक्षले २४ सांसद आफ्नो पक्षका रहेको हिसाब गरेको छ। पार्टी उपाध्यक्ष रहेकी, महिला, जनजातिका साथै पार्टीको प्रदेश सचिवालयले मुख्यमन्त्रीमा सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरिसकेकाले शाक्यका लागि चुनावमा सहजता पनि हुन सक्छ।

प्रदेश सभाका ६० मध्ये एमालेले २७ सिट जितेको छ। मुख्यमन्त्रीका प्रमुख दाबेदार सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङले अध्यक्ष ओली र अन्य नेतालाई मंगलबार र बुधबार भेटेरै सहयोगका लागि आग्रह गरेका छन्।

किरण उपाध्यक्ष वामदेव गौतम र पृथ्वी सुब्बा ओलीनिकट मानिन्छन्। दलको नेता छान्न निर्वाचन हुँदा दुईतिहाइ मतले जित्ने हिसाब पृथ्वी सुब्बाको छ भने किरणले १७ देखि १९ मतका साथ जित्ने आँकडा निकालेका छन्।

शीर्ष नेताबीच सहमति भएमा गौतमनिकट किरण सर्वसम्मत बन्ने सम्भावना देखिए पनि सुब्बालाई व्यवस्थापन गर्ने चुनौती कठिन छ। किनभने यो प्रदेशमा सभामुख र मुख्यमन्त्रीपछिको वरीयताका मन्त्री पनि माओवादीको भागमा परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.