|

काठमाडौं : बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्ने नेपाल राष्ट्र बैंकको नीतिका कारणा नेपालको सेयरबजारमा तीव्र उतारचढाव आएको देखिएको छ।

पुँजीबृद्धिको निर्णयपछि सुरुका दिनमा हकप्रद सेयर बोनस सेयरको लोभमा पुँजीबजारमा अत्याधिक माग बढेको थियो। त्यसले सेयर परिसूचक नेप्सेलाई १८ सय ८१ बिन्दुको उच्च तहमा पुर्‍याउन मद्दत गर्‍यो । बोनस र हकप्रद सेयरको बाढी आएपछि पछिल्ला दिनमा परिसूचक निरन्तर घटिरहेको छ। 

आर्थिक वर्ष ०७३\०७४ मा नेपाली धितापेत्र बजारमा १ अर्ब ६३ करोड ८२ लाख ८ हजार १ सय ९० कित्ता सेयर थपिएका छन्। नेप्सेले प्रकाशित गरको वार्षिक प्रतिवेदन अनुसार सो अवधिमा १ सय ७३ कम्पनीले बोनस सेयर जारी गरेका थिए। राष्ट्र बैंकले चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिँदा २०७२ साउनको पहिलो साता नेप्से परिसूचक १ हनार ५३ बिन्दुमा थियो। सो निर्देशनपछि सेयर बजारमा उल्लास थपियो। त्यसपछि बजारमा 'बुलिल ट्रेण्ड' देखिएको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.