|

काभ्रे : सधैजसो  सेवाग्राहीले भरिभराउ हुने जिल्ला समन्वय समिति काभ्रेको कार्यालय परिसर केही समयदेखि सुनसान छ। कार्यालयका टेबलकुर्सी खाली छन् भने कार्यालय परिसर केही समयदेखि सुनसान छ।

सेवाग्राहीको अभावले कर्मचारीमा काम गर्ने जाँगर पनि देखिँदैन। कामविहीन भएपछि कर्मचारी पनि घाम तापेर दिन कटाउँछन्। कार्यालयका ७० कर्मचारीमध्ये हाल सातजना मात्रै कार्यरत छन्। स्थानीय तहमा जनप्रतिनिधि आएसँगै सर्वसाधारणका काम गाउँमै हुन थालेपछि जिल्ला सदरमुकामका सरकारी कार्यालय सुनसान बन्न थालेका हुन्।

जिल्ला समन्वय समितिको कार्यालयका आर्थिक प्रशासन शाखाका प्रमुख गोविन्दप्रसाद अधिकारीले कर्मचारीको खासै काम नभएको बताए। ‘जिम्मेवारी दिएको छैन भनौ भने जिम्मेवारी छ, तर, कामै छैन,’ उनले भने, ‘आर्थिक वर्ष लागेपछि सबै अधिकार जिल्ला समन्वय समितिको कार्यालयको अधिकार कटौती भएको छ। योजना निर्माणलगायतका सबै काम स्थानीय तहबाटै हुन्छ। हामीलाई दिन कटाउनै मुस्किल छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.