|

हेटौँडा : विन्दवासिनी मिडिया प्रालिद्वारा संचालित रेडियो थाहा संचार ९९.६ को १०औँ वार्षिकोत्सवका अवसरमा ९२ जनाले रक्तदान गरेका छन्। साताव्यापी कार्यक्रमअन्तर्गत हेटौँडाको बुद्धचोकमा शुक्रबार भएको रक्तदान कार्यक्रममा ९२ जनाले रक्तदान गरेका हुन्। 

कार्यक्रममा रेडियोकी अध्यक्ष अस्मिता सुमार्गी, संचालक अरुणराज सुमार्गी र अंकिता सुमार्गीको पनि उपस्थिति थियो।  

वार्षिकोत्सव कार्यक्रमअन्तर्गत शनिबार साइकल र्‍याली तथा विश्व साइकल यात्री पुष्कर शाहलाई सम्मान गरिने भएको छ।

फागुन ६ गते वक्तृत्वकला प्रतियोगिता र अन्तिम दिन फागुन ७ गते कवि गोष्ठी, थाहा सम्मान गरी रेडियोको वार्षिकोत्सव समापन गरिने रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.