|

काठमाडौं :  मक्का मदिनामा हज गर्न जाने नागरिकलाई सरकारले दिँदै आएको अनुदानलाई  निरन्तरता दिएको छ। त्यहाँ जाँदा लाग्ने खर्चको आधा रकम सरकारले दिन्छ। ‘आधा रकम हजयात्रीबाट उठाइन्छ, आधा राज्यले दिने गरेको छ,’ नेपाल हज समितिका अध्यक्ष मोहम्मद सोयदले भने, ‘हजमा छानिएमध्येबाट जनही १ लाख ८० हजार रुपैयाँका दरले उठाइनेछ।’ तर, यो टिकट खर्च मात्रै भएको उनले बताए। यसपालिदेखि हजमै खानुपर्ने बाध्यकारी नियम राख्न लागिएकाले थप रकम लाग्न सक्ने उनको भनाइ छ।

हज यात्रीलाई सरकारले विशेष खोप

सन् २०१८ मा साउदी अरबको मक्कामदिना जाने हजयात्रीलाई सरकारले विशेष खोप लगाइदिने भएको छ । १५ सय हजयात्रीलाई विभिन्न सरुवारोगविरुद्धको खोप दिने भएको हो।

‘मुस्लिम समुदायबाट विश्वका लाखौँ सहभागी हुने भएकाले विभिन्न रोग संक्रमण हुन सक्छ,’ सोयले भने, ‘जोखिमबाट जोगिन त्यहाँ जाने १५ सय नेपालीलाई सरुवारोगविरुद्धको खोप दिन लागिएको हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.