|

काठमाडौं : दरबारमार्गको होटल ल्याण्डमार्कमा एक युवतीलाई सामूहिक बलात्कार गर्ने मुख्य अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा घटनालगत्तै फरार रहेका रामेछाम दुरागाउँकाशैलेश कार्की हरेको काठमाडौं प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए। उनलाई मंगलबार प्रहरीले दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेको हो।

गत माघ ७ गते ल्याण्डमार्क होटलमा चार युवकले एक किशोरीमाथि सामूहिक बलात्कार गरेका थिए। पक्राउ परेका कार्कीलाई पीडित युवतीका प्रेमी भनिएको गियो। उनले प्रेमिकालाई मदिरा खुवाएर अरू साथीलाई समेत बलात्कार गर्न लगाएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न अन्य युवाहरू विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेल भने अझै फरार छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.