|

काठमाडौं : सरकारले खाद्यान्नमा आत्मनिर्भर हुने योजना अघि सारे पनि नेपालमा हुने खाद्यान्नको आयात भने बढ्दै गएको छ। व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार खाद्यान्न आयात पछिल्लो समय बढ्दै गएको हो।

केन्द्रको तथ्यांकअनुसार गत वर्षको पहिलो सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा खाद्यान्नको आयातमा करिब १२ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो सात महिनामा खाद्यान्नको कुल आयात २३ अर्ब ६३४ करोड ४४ लाख ८५ हजार रुपैयाँको भएको थियो।

चालु आर्थिक वर्षको सोही अवधिमा खाद्यान्नको आयात ११ दशमलब नौ प्रतिशतले वृद्धि हुँदै २६ अर्ब ४३ करोड ५४ लाख ९९ हजार रुपैयाँ बराबरको भएको व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रको तथ्यांकमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.