|

काठमाडौं : राष्ट्रिय क्षयरोग कार्यक्रमका लागि छुट्याएको एक अर्ब बजेटको झन्डै आधा रकम अनियमितता गरिएको छ।

स्वास्थ्य मन्त्रालयका केही अधिकारी आर्थिक तथा प्रशासनिक अनियमिताको फाइल लुकाउने गरेको स्रोतको दाबी छ। स्रोतका अनुसार केन्द्रमा पछिल्लो समय हुने गरेका आर्थिक अनियमितताबारे प्रधानमन्त्री कार्यालयले छुट्टै टोली नै गठन गरेर अनुगमन गरिरहेको छ।

मुलुककै पहिलो सफल स्वास्थ्य कार्यक्रम कुनै समय अन्तर्राष्ट्रियस्तरमा समेत चर्चित थियो। कार्यक्रम कार्यान्वयन निकाय राष्ट्रिय क्षयरोग केन्द्र, स्वास्थ्य मन्त्रालयको ‘भन्सार’का रुपमा प्रयोग भइरहेको स्रोतले बतायो।

स्वास्थ्य सचिवलगायत उच्चतहका केही कर्मचारीको संलग्नताका केही कर्मचारीको संलग्नतामा केन्द्रको बजेट आधाभन्दा बढी रकम ‘नक्कली बिल बनाएर’ अनियमितता गर्ने गरेको पाइएको छ।

केन्द्रका लेखा उपसचिव नारायण दाहाल, खरिदबिक्री उपसचिव अनिल थापा र प्रशासन अधिकृत रीता खतिवडाको तीन वर्षसम्म सरुवा नगरिनुलाई आर्थिक अनियमितता प्रस्ट झल्किने स्रोतको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.