|

काठमाडौं : उपत्यकाका विभिन्न ठाउबाट मोबाइल, ल्यापटप चोरी गरेर बिक्री वितरण गरेको अभियोगमा ए डिभिजन’ क्लबबाट राष्ट्रिय लिग र विभिन्न गोल्डकप  खेल्दै आएका काठमाडौं महानगरपालिका ६ कपनका फुटवलर दिपेश श्रेष्ठ र सिन्धुपाल्चोकका सुवास खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूलाई महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी प्रभाग कपनको टोलिले बुधबार पक्राउ गरेको हो। पक्राउ परेका श्रेष्ठले नेपाल पुलिस क्लबबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेको र सरस्वती क्लबका पूर्व क्याप्टेन समेत रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

सुवास खड्का भने पेशेवर चोर भएको प्रहरीले जनाएको छ। यस अघि पनि खुवास चोरीका सामान सहित तीन चार पटक पक्राउ परिसकेको पोखरेलले जानकारी दिए।

यस्तो थियो चोरीको धन्दा

उपत्यकाको विभिन्न ठाउँबाट मोवाइल ल्यापटप र अन्य समान चोर्ने जिम्मा सुवास खड्काको थियो। खड्काले उपत्यकाको बिभिन्न ठाउँबाट दिउँसोको समयमा मान्छे घरमा नभएको मौका छोपि घर फोडेर सामान चोर्ने गर्थे।

त्यसरी चोरेर ल्याएका सामान उनीहरू कपन रेम्बोडाँडा स्थित दिपेश श्रेष्ठको घरमा राख्ने गर्थे। श्रेष्ठ चोरी गरेर ल्याएका सामान विभिन्न अनलाइन माध्यम र सेकेण्ड ह्याण्डबजारमा वास्तविक मू्ल्य भन्दा ५० प्रतिशत सस्तोमा बिक्रि गर्ने गर्थे। प्रहरीले दिपेशको कोठाबाट विभिन्न कम्पनीका ३३ थान मोबाइल, विभिन्न कम्पनीका पाँच थान ल्पटप, एक थान टेलिभिजन सेट, छुट्टा छुट्टै प्रकारको दुई थान डिजिटल क्यमेरा, ४३ हजार नगद रुपैयाँ बरामद गरेको छ।

प्रहरीका अनुसार उनीहरूले यसरी चोरी गरेर ल्याएका सामानहरू धेरै बेचिसकेको खुलेको जनाएको छ। उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.