|

काठमाडौं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमण गर्ने समाचार सार्वजनिक भएको छ। नेपालका प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरेपछि मात्र मोदीले नेपाल भ्रमण गर्ने निर्धारित योजनाअनुरूप कार्यक्रम सार्वजनिक भएको हो।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा ट्ठथिगत मोदीको नेपाल भ्रमण दुई देशबीच विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण लम्बिएको हो। वैशाख अन्तिम साता वा जेठको पहिलो साताका लागि मोदीको भ्रमणको तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका सचिव शंकरदास बैरागीले भने, ‘मिति तय नभए पनि तयारी भने चलिरहेको छ।

मोदीलाई नेपालमा स्वागत गर्ने कि पहिले चीन जाने भन्ने अन्योलमा रहेका ओलीले पहिले मोदीलाई नै स्वागत गर्नु उपयुक्त ठानेको बताइएको छ। भारतको संस्थापन पक्ष र प्रधानमन्त्री ओलीबीच रहेको शंका उपशंका मेटाउन पनि प्रधानमन्त्रीस्तरीय भ्रमण विगतकै योजनाको कार्यान्वयन रहेको बुझाइ केही विश्लेषकको छ।

मुख्यतः नाकाबन्दीको विरोध गरेका ओलीलाई भारतसँग सम्बन्ध सुधार गर्नु थियो भने भारतका लागि पनि त्यो उत्तिकै आवश्यक छ’, प्रेस ट्रष्ट मफ इण्डियाकी वरिष्ठ पत्रकार प्रियंका टिंकुले भनिन्, ‘नेपालमा चीनको बढ्दो प्रभावलगायत तथ्य स्मरण गरेरै ओली सत्तारुढ भएका बेला भारतले सकारात्मक सिग्नल दिन खोजेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.