|

काठमाडौं : भूकम्पपछिको पुनर्निर्माणका लागि हालसम्म एक खर्ब २८ अर्ब रुपैयाँ खर्च गरिएको छ। यो रकम सरकारी भवन, सम्पदा, स्वास्थ्य भवन, विद्यालय भवन र निजी आवास पुनर्निर्माणमा खर्च गरिएको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यामलाल भुसालले तीन वर्षमा दातृनिकायबाट  दुई खर्ब ६२ अर्ब रुपैयाँ सहयोग सम्झौता भएको जानकारी दिए यो रकममध्ये एक खर्ब ८१ अर्ब ऋण र ८१ अर्ब अनुदान हो।

पुनर्निर्माणका लागि विभिन्न निकायको सहयोगमा नौ खर्ब ३८ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो। भूकम्पलगत्तै गरिएको ‘प्राकृतिक विपत्तिपछिको आवश्यकता मूल्यांकन’ (पीडीएनए) प्रतिवेदनमा पुनर्निर्माणका लागि नौ खर्ब ३८ अर्ब रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको थियो। 

यो रकममध्ये विभिन्न विकास साझेदारहरूले चार खर्ब १० अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। सरकारले भूकम्प गएको दुई महिनापछि असार १० गते गरेको पुनर्निर्माणका लागि दाता सम्मेलनबाट यो रकम जुट्ने प्रतिबद्धता जुटेको थियो। पुनर्निर्माण बजेट सरकार, निजीक्षेत्र, दातृनिकाय, राष्ट्रिय\अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र समुदायबाट जुटाइएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.