|
गोल गरेपछि खुसीयाली मनाउँदै कोस्टा

विश्वकप २०१८ मा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले स्पेनविरुद्ध खेल सुरु भएको चौथो मिनेटमा गरेको गोलको जवाफ २४ औँ मिनेटमा स्पेनका डिएगो कोस्टाले फर्काएका छन्। 

कोस्टाले पोर्चुगलका दुई डिफेन्डरलाई छक्याएर सुन्दर गोल गरेका हुन्। यसअघि खेल सुरु भएको चौथो मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेका थिए। 

स्पेनका खेलाडीले रोनाल्डोलाई डीबक्समा लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई रोनाल्डोले सहजै जाली चुमाएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.