|

दुनै(डोल्पा) : हिमाली जिल्ला डोल्पाको एक यार्सापाटनमा रोल्पाका एकजनाको घाँटी रेटेर हत्या गरिएको छ। डोल्पो बुद्ध गाउँपालिकामा पर्ने किम्जुङ पाटनमा रोल्पाका ४२ वर्षीय कर्ण पुन मगरको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

गत आइतबार राति ९ बजेतिर हत्या गरिएको अवस्थामा शव भेटिएको हो। मृतक पुन मगर रोल्पाको उवा घर भई हाल चनौटा बस्दै आएका प्रहरीले जनाएको छ। मृतक पुन मगर यार्सागुम्बा संकलनका लागि हरेक वर्ष यहीँ यार्सा टिप्न पाटनमा आउने गरेको बताइएको छ।

मृतक कर्ण पुनमगले एक सय पचास यार्सागुम्बा बेचेर कमाएको ७०/७५ हजार नगदका लागि उनको हत्या गरिएको हुनसक्ने प्रहरीले जनाएको छ।

मृतक पुनमगरको पालभन्दा २५ देखि ३० मिटरको दूरीमा कुनै पनि अन्य पालहरु नभएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए।

शर्माका अनुसार मगरको हत्या कसरी भयो भन्नेबारे अनुसन्धान तीव्र रुपमा भइरहेको छ।

सञ्चारको कुनै पनि सुविधा नभएको कारण राति १ बजे प्रहरी चौकी धोमा जानकारी आएको र तत्काल धो चौकीबाट सईको कमाण्डमा प्रहरी घटनास्थलमा पुगेको प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माको भनाइ छ।

उनका अनुसार बिहान सदरमुकाम दुनैबाट पनि इन्सपेक्टरको कमाण्डमा थप प्रहरी पठाएको तर सदरमुकामबाट उक्त घटनास्थलसम्म पुग्न पूरै ३ दिन लाग्ने भएकोले घटनाका बारेमा थप जानकारी आउन समय लाग्नेछ।

प्रहरी चौकी धोबाट घटना घटेको पाटनसम्म जान ४ घण्टाभन्दा धेरै समय लाग्ने गरेको स्थानीयहरु बताउँछन्। भौगोलिक विकटता र घटना घटेको स्थान निकै जोखिम भएको कारण शब ल्याउनसमेत कठिन हुने भएको छ। मृतकका आफन्तलाइ जानकारी गराइसकेको र निम्न परिवारका भएका कारण शव बुभ्mन आउनसमेत कठिन भएको मृतककी श्रीमतीले बताएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार मृतक पुन मगरका छोरा मुस्ताङमा रहेका र उताबाट आउँदै गरेको जनाएको छ। शव पोष्मार्टमका लागि जिल्ला सदरमुकामसम्म ल्याउनको लागि कम्तीमा पनि एक साता लाग्नेछ। परिवारको आर्थिक अवस्था कमजोर भएको र भौगोलिक विकटताले शव परिवारलाई बुझ्‍न कठिन हुने भएको छ।

डोल्पाको किम्जुङ पाटनमा घाँटी रेटेर हत्या 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.