|

विश्वकप २०१८ को दोस्रो नकआउट खेल चलिरहेको छ। पहिलो हाफ उरुग्वेको अग्रतामा सकिएको खेलको दोस्रो हाफको सुरुमै बराबरी गरेको पोर्चुगलले उक्त अग्रता धेरै समय जोगाउन सकेन। 

खेलको ५५औँ मिनेटमा पोर्चुगलका लागि गोल गर्दै पेपेले खेललाई बराबरीमा ल्याएका थिए। तर, उरुग्वेका एडिसन काभानीले खेलको ६२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा अग्रता कायमै राखेका हुन्।

उरुग्वेका एडिनसन काभानीले नै खेलको सातौँ मिनेटमा गोल गरेर सुरुवाती अग्रता लिएका थिए। 

स्पेनविरुद्ध ह्याट्रिक गरेका पोर्चुगलका स्टार खेलाडी क्रष्टियानो रोनाल्डोले पनि गोल गर्न सकेका छैनन्। त्यस्तै पोर्चुगलका स्टार लुइस सुवारेजले पनि  गोल गर्न सकेका छैनन्।

दुवै देशले राम्रा अवसर भने सिर्जना गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.