|

विश्वकप फुटबलमा आइतबार प्रि–क्वाटरफाइनलका दुई खेल हुनेछन्। आइतबार स्पेन र रुस तथा क्रोएसिया र डेनमार्क आमने–सामने हुँदै छन्।  रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा नेपाली समय अनुसार वेलुकी पौने ८ वजे स्पेन र आयोजक रुसको खेल सुरु हुनेछ।

समुह बी को विजेता स्पेनले समूह चरणमा ईरानलाई हराएको थियो भने पोर्चुगल र मोरक्कोसँग बराबरी खेलेको थियो। उता आयोजक रुस भने समुह ए को उपविजेता बन्दै नक आउट चरणमा उक्लिएको हो।

रुसले समुह चरणमा साउदी अरेबिया र ईजिप्टलाई हराउँदा उरुग्वेसँग पराजित भएको थियो। आइतबार राति पौने १२ वजे निझ्नी नोभ्गोरोद रंगशालामा क्रोएसिया र डेनमार्क भिड्नेछन्। क्रोएसिया समुह डि को विजेता तथा डेनमार्क समुह सि को उपविजेता बन्दै राउण्ड अफ सिक्सटिनमा पुगेका हुन्।

समुह चरणमा अर्जेन्टिनालाई ३–० ले हराएको क्रोएसियाले नाईजेरिया र आईसल्याण्डलाई पनि पराजित गरेको थियो। उता डेनमार्कले भने पेरुलाई १–० ले हराउँदा अष्ट्रेलिया र फ्रान्ससँग बराबरी खेलेको थियो। क्रोएसिया र डेनमार्क दुवै टोली विश्वकपको पहिलो उपाधिको खोजीमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.