|

सियालकोट (पाकिस्तान) : पाकिस्तानमा फुटबल खेलले चाहे जस्तो उचाइँ छुन सकेको छैन तर, फिफा विश्व कप–२०१८ मा पाकिस्तानको सम्बन्ध अन्य मुलुकको भन्दा प्रगाढ छ, विश्वासिलो छ। किनकी यो विश्व कपमा प्रयोग भइरहेको बल पाकिस्तानको सियालकोटमा उत्पादन गरेर रुस पठाइएको हो।

विश्व प्रसिद्ध कम्पनी एडिडासले पाकिस्तानसँगै चीनमा समेत विश्व कपमा प्रयोग भइरहेको ‘टेलस्टार १८’ बलको निर्माण गरेको हो। एडिडासले सन् १९७० देखि फिफा विश्व कपको बल उत्पादन गर्दै आइरहेको छ। सियालकोटमा निर्माण भएको बलले रुसमा दक्षिण एसियाको समेत सहभागिता रहनु गर्वको विषय हो। सन् २०१४ को विश्व कपमा समेत सियालकोटमा उत्पादन भएका केही बलहरु प्रयोग भएका थिए। पाकिस्तानको सियालकोट खेल सम्बन्धि सामग्री उत्पादनका लागि विश्व प्रसिद्ध समेत छ।

‘यो हाम्रा लागि सम्मानको विषय हो किनकी हामीले फेरी एक पटक फिफा विश्व कपका लागि फुटबल प्रदान ग¥यौं। हामीले सहज रुपमा यो चुनौती पुरा पनि ग¥यौं,’ विश्व कपका लागि फुटबल उत्पादन गरेको कम्पनी फरवार्ड स्पोर्टस्का प्रमुख कार्यकारी अधिकृत ख्वाजा मसुदले भने, ‘हुनत विश्व कपमा पाकिस्तानी टोलीले खेलेको छैन। तर, पाकिस्तानको सहभागिता भने भएको छ। हाम्रो सहभागिता पहिलोदेखि अन्तिम खेलसम्म हुनेछ।’

मसुदको कम्पनीले विश्व प्रसिद्ध ब्रान्ड एडिडासँग मिलेर खेलकुदका अन्य सामग्रीहरु समेत उत्पादन गर्दै आइरहेको छ। सो कम्पनीले संख्यागत रुपमा कति वटा बल उत्पादन ग¥यो भने नबताएपनि मासिक ७ लाखका दरले १ करोड बल उत्पादन गर्ने बताइन्छ। पाकिस्तान खेलकुद सामग्री संघका अध्यक्ष हुसेन चिमाले सन् १९१८ मा पाकिस्तानले त्यही १ करोड बल विश्वभर बिक्री गर्ने लक्ष्य लिएको छ।

परम्परागतरुपमा पाकिस्तानमा हातले सिलाएका बलहरु उत्पादन हुन्थ्ये। तर, सन् १९१३ देखि फरवार्ड स्पोर्टस्ले विशेष प्रविधियुक्त ग्लुको सहायताले टुक्राहरु टाँसेर आधुनिक बल बनाउने गर्छ। जुन प्रविधिमा सिलाइको सट्टा तताएर टुक्राहरु टाँसिने गरिन्छ। पाकिस्तानले चीनको सहयोगमा ती बल तथा खेलकुद सामग्रीहरु निर्माण गर्दै आइरहेको बताइन्छ।

‘उच्च गुणस्तर कै कारण चीनभन्दा पाकिस्तानमा फुटबल उत्पादन हुने संख्या बढ्दो छ। हामीले गुणस्तरमा ध्यान दिएकै कारण हामीप्रति विश्वास बढेको हो,’ पाकिस्तान रेडिमेड गार्मेन्टस् उत्पादन तथा निर्यात संघका अध्यक्ष इजाज खोकरले बताए।

९ नोभेम्बर २०१७ मा अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले मस्कोमा सो बल पहिलो पटक सार्वजनिक गरेका थिए।
एजेन्सीको सहयोगमा
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.