रुस-क्रोएसिया भेट असार २३ मा

|

खेल सुरु भएको पहिलो मिनेट र चौथो मिनेटमा एक अर्काविरुद्ध गोल गरेका डेनमार्क र क्रोएसियाको खेलको टुंगो भने पेनाल्टी सुटआउटबाट लागेको छ।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा पनि दुवै देशले गोल गर्न नसक्दा रुसमा जारी विश्वकप २०१८ मा  एकै दिन दोस्रोपटक खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। नकआउट चरणमा आयोजक रुस र स्पेनबीचको खेलको निर्णय पेनाल्टीबाट भएर रुसले जितेको केही समयपछि सुरु भएको खेलको निर्णय पनि पेनाल्टीबाटै भयो र त्यसमा क्रोएसियाले डेनमार्कलाई विश्वकपबाट बाहिरको बाटो देखायो।

खेलको पहिलो मिनेटमा डेनमार्कका म्याथिस ओर्गेन्सनले पहिलो मिनेटमै गोल गरेका थिए। त्यसको जवाफ क्रोएसियाका मारियो म्यान्डुजेको चौथो मिनेटमा नै बललाई जाली चुमाएर दिएका थिए। अतिरिक्त समयमा क्रोएसियाले पेनाल्टी पायो, जसलाई डेनमार्कका गोलरक्षक कास्पर सेमिचेलले उत्कृष्ट बताउ गर्दै खेललाई पेनाल्टी सुटआउटसम्म धकेले।

पेनाल्टी सुटआउटबाट भएको निर्णय क्रोएसियाको पक्षमा गयो। जसमा डेनमार्क ३-२ ले पराजित भयो। जसमा क्रोएसियाका गोलरक्षक डानिजेल सुवेसिक नायक सावित भए।

खेलको हाइलाइट्स, भिडियो

विश्वकपमा पेनाल्टी रोक्ने रेकर्डलाई बराबरी गरेका सुवेसिकले तीन पेनाल्टी रोकेका थिए। उनले सुरुमै पेनाल्टी प्रहार गर्न आएका डेनमार्कका क्रिस्चियन एरिकसनको प्रहार रोके। लासे स्कोनी र निकोलाइ जर्जेन्सनको प्रहार रोकेका थिए।

यता, डेनमार्कका गोलरक्षक कास्पर सेमिचेलले क्रोएसियाका दुई प्रहार मात्र रोक्न सके र खेलको नतिजा सुम्पिए। उनले जोसेफ पिभारिक र मिलन बादेल्जको प्रहार रोकेका थिए।

विजेता क्रोएसियाका तर्फबाट एन्ड्रिज् कर्मारिक, लुका मोड्रिक र इभान राकिटिकले पेनाल्टीमार्फत गोल गरे। डेनमार्कका लागि भने माइकल क्रोन दिल्ली र सिमोन कजाएरले मात्रै पेनाल्टीलाई गोलमा परिणत गरे।

क्रोएसियाले क्वाटर फाइनलमा अब आयोजक रुससँग प्रतिस्पर्धा गर्ने भएको छ। उक्त खेल असार २३ गते हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.