|

भारतको केरलाका क्लिफिन फ्रान्सिस घरमै बसिरहेका थिए। त्यतिकैमा एकजना साथी आएर सोधे, यो पटक त विश्वकप हेर्न जाने होला नि ? उनले सहज जवाफ दिए ‘जान्छु’ । जान्छु भन्न जति सहज थियो तर कामले भने स्वभाविक रुपमा गाह्रो थियो। उनले भने ‘आफू बसेको ठाउबाट हवाई टिकट काटेर कसरी रसिया पुग्ने भन्ने बारेमा मलाई केहि पत्तै थिएन्। तैपनि साथीले सोध्दा ‘जान्छु ’ भनिदिए।’

फ्रान्सिस गणितका शिक्षक हुन उनको औषत दिनको कमाइ ४० डलर मात्रै हो। उनको समाजमा यो कमाइ ठिकैकोमात्र हो। सामान्य घरखर्च चलाउनक लागि उनीसँग पर्याप्त पैसा थिएन्। सायद पैसा भएको भए । सिंधै रसियाको टिकट काटेर खेल हेर्थै होलान । तर उनको दिमागमा अकस्मात नयाँ कुरा आयो । साईकल  । उनले साईकलमा चढेर विश्वकप हेर्न रसिया जान्छु भन्दा धेरै साथीहरुले उनको खिसी गरे। उनी पाकिस्तान हुदै मस्को जान खोजेका थिए । तर, भारत र पाकिस्तानबीचको तिक्त सम्बन्ध उनको योजना सफल भएन्।

केरलाबाट सिधै साइकलमा मस्को पुग्ने असम्भव थियो । त्यसैले उनले कसरी हुन सक्छ भन्ने अनेक उपाय सोचे । पाकिस्तानको बाटो जान नपाउँदा उनले विकल्प दुबइलाई बनाए। तर केरलाबाट आफ्नो साईकल दुबइ लैजान पाएनन् । जसले उनको मन खिन्न भयो । तर उनले हिम्मत हारेनन्। फेब्रुबरीको २३ तारिखमा दुबईसम्म जहाजको यात्रा गरे।

विमानस्थलमा झरेपछि सिधै दुबईका साईकल पसल छिरे । एउटा पसलमा ठीकैको साईकल भेटे। लामो दूरीको यात्राका लागि त्यो ठिकैको थियो । ७ सय डलर निकालेर पसलेलाई बुझाएपछि सुरु भयो उनको यात्रा। मनमा फुटबलको सपना बोक्दै साइकलमा हुइकिए। साइकलमा नै ११ मार्चमा इरानको बन्दरगाह सहर बन्दर अब्बास प्रवेश गरे। इरानबाट रसियाको राजधानी मस्को पुग्न ४२ सय किलोमिटर टाढा पथ्र्यो। तर उनले किलोमिटरको हिसाव गरेनन्। यात्रा जारी राखे। इरानी नागरिक निकै दयालु थिए।  ४५ दिन लामो इरान बसाईका क्रममा उनी जम्मा दुइ दिन होटलमा बास बसे। सिमत पैसाका कारण उनले धेरै खर्च गर्न सक्ने अवस्था थिएन्।

तर उनी इरानमा मन लागेका ठाउमा निस्फिक्री डुले। इरानीले उनलाई घर घरमा निम्तो दिए र टन्न खुवाए। इरानीको मायाले उनको इरानलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भयो । ‘भूराजनीतिक अवस्थाका आधारमा मात्र तपाई कुनै पनि देशबारे आफ्नो धारणा बनाउन सक्नुहुन्न।’ फ्रान्सीस्को भन्छन।

इरानपछि अर्को गन्तब्य थियो अजरबैजान। सिमा प्रहरीले उनको यात्रासम्बन्धी कागजातलाई लिएर धेरै नै सास्ती दियो। कागजातमा टाँसेको फोटो र उनको अनुहार आकाश जमिनको फरक थियो। निरन्तर साईकल चलाउदा उनको सबै अनुहारनै उडेको जस्तो थकित, दुब्लो र पातलो भएका थिए। उनी भन्छन ‘म पासपोर्टको तस्बिरमा जस्तो हिटपुष्ट कहँँबाट हुुनु ३–४ दिनमानै म फरक भैसकेको थिएँ। मेरो बिबरण पुष्टि गर्न प्रहीलाई झन्डै ८ घन्टा लाग्यो।’ तर अन्तमा उनी त्यहाँबाट कागजपत्र मिलाए निस्कीए।

उनीसँग होटलमा बस्ने पैसा थिएन । चिनेका कोही थिएनन । अजरवैजानका सार्बजनिक पार्कहरुमा पालमुनि रात काटे। तर उनले इरानीको जस्तो माया भने त्यहाँ पाएनन्। आफ्ना नायक तथा अर्जेन्टिनाका फुटबलर लियोनेल मेसीलाई प्रत्यक्ष देख्नु उनको ठुलो सपना थियो। सोहि सपनाका लागि उनी मस्को पुगे।साईक्लिङ सोखिन उनी फुटबल भनेपछि मरिहत्ते गर्छन।जर्जियामा पुगेपछि उनले ठुलो झमेलामा फसे पर्याप्त कागजात थिए। तैपनि उनलाई भिसा पाएनन्। अजरबैजानका लागि उनको सिंगल इन्ट्री भिसा थियो। उनी जर्जिया र अजरबैजानको नो म्यान ल्यान्डमा पुरै एक दिन अड्किएका  थिए। अन्तत उनलाई अजरबैजानले अकस्मिक भिसा उपलब्ध गरायो। रसिया पुग्न उनी अर्को मार्ग खोज्नु पर्यो । अजरबैजानले रसियाको सिमावर्ती डाजेस्टान क्षेत्रलाई छुने भएकोले उनी सोही बाटो मस्को पुग्ने निधो गरे। बाटो सुरक्षित छ भन्ने उनलाई केही थाहा थिएन। ‘असुरक्षित बाटोका बाबजुद डाजेस्टान जाने बाटो रोजे र उनी जोखिम मोल्दै मस्को हानिए।

भाषाको ठुलो समस्याविच उनी अस्पष्ट भाषा प्रयोग गर्दै मस्कोबाट ४६० किलोमिट दक्षिणी सहर तामभोम पुगे। अन्नत उनी जुन ५ मा डाजेस्टान पुगे। साईकलमा एउटा ख्याउटे भारतीय  विश्वकप हेर्न आउदैछ भन्नेर सुन्नेहरु आश्चर्यमानेर उनलाई हेर्थे। उनी २६ जुनसम्म राजधानी मस्को पुगीसकेका छन्। उनले विश्वकपको आन्नद राम्रोसँगले लिएका छन्। उनको यात्रा दुखपुर्ण भएपनि अब उनलाई सहयोग पनि प्राप्त भएको छ। रसिया विश्वकप सपना साकार भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.