चार वर्षमा ६४ प्रतिशत थप रकम भार

|

काठमाडौं : सरकारले अवकाश प्राप्त कर्मचारीलाई दिने निवृत्तभरण रकम करिब आधा खर्बनजिक पुगेको छ। आर्थिक वर्ष ०७४/७५ मा ४० अर्ब १४ करोड रुपैयाँ बराबरको निवृत्तभरण रकम गएको सरकारको लेखा प्रणाली राख्ने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

आर्थिक वर्ष ०७४/७५ को अन्त्यसम्म पेन्सन बुझ्‍नेको संख्या दुई लाख ५० हजारजना पुगेको छ। महालेखा नियन्त्रक कार्यलयको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा पेन्सन खानेको संख्या १८ हजारजना बढेको छ भने थप आर्थिक दायित्व तीन अर्ब नौ करोड रुपैयाँ पुगेको छ।

चार वर्षमा १४ अर्बको दायित्व बढ्यो

सरकारी पेन्सन खाने कर्मचारीको संख्या निरन्तर बढ्दा आर्थिक दायित्व बढी भएपछि सरकारले वैकल्पिक उपाय सुरु गरेको छ। पछिल्लो चार वर्षमा मात्रै पेन्सन खाने कर्मचारीको आर्थिक दायित्व झण्डै  साढे १४ अर्ब रुपैयाँले वृद्धि भएको छ। यो ६४ प्रतिशतको वृद्धि हो।

आर्थिक वर्ष ०७१/७२ मा २६ अर्ब एक करोड रुपैयाँबराबर पेन्सनबापतको रकम पठाएकोमा गत अर्थिक वर्षमा ४० अर्ब १९ करोड रुपैयाँको भुक्तानी पठाइएको हो। त्यस्तै, आर्थिक ०७१/७२ मा दुई लाख पाँच हजारजनाले पेन्‍सन बुझ्थे भने अहिले यो संख्या २ लाख ५० हजार पुगेको हो।

कहिले कति?

आर्थिक वर्ष

कर्मचारी संख्या

रकम

२०७१/०७२

 दुई लाख पाँच हजार ४६२

२६ अर्ब एक करोड

२०७२/०७३

दुई लाख २४ हजार

२६ अर्ब ५२ करोड

२०७३/०७४

२ लाख ३२ हजार

३७ अर्ब पाँच करोड ८१ लाख

२०७४/०७५

२ लाख ५० हजार

४० अर्ब १४ करोड ५० लाख

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.