रुपैडिया-दुनै-मोरिम्ला सडक जोड्न २५ किमी  बाँकी

|

दुनै(डोल्पा) : रुपैडिया दुनैहुँदै मोरिम्ला नाकासम्म सडक जोड्नकालागि २५ किलो मिटर पाँचसय मिटर मात्रै बाँकी रहेको छ।

नेपाल–चीन सिमाना मोरिम्ला नाका देखि दुनैहुँदै भारतको रुपैडिया जोड्ने लक्ष्य अनुसार जाजरकोट–डोल्पा दुनै–मोरिम्ला सडक निर्माणकार्य भईरहेको छ।डोल्पा सदरमुकाम दुनै देखि चिन–नेपाल सिमाना मोरिम्ला नाकाजोड्ने सडकको कुल लम्बाई १ सय २० किमी छ। मोरिम्ला नाका पुग्न सदरमुकाम दुनैबाट सात दिनलाग्छ।

नेपाल, भारत र चीन बिचको त्रिदेशीय ब्यापारिक नाकाको रुपमा उक्त सडकलाई हेरिएको छ। मोरिम्ला नाका तीन देशको ब्यापारिक हिसाबमा महत्वपुर्ण नाका भएपनि राज्यले विशेष रुपमा ध्यान दिन नसकेको काईके गाँउपालिकाका स्थानीय ओम मगरले बताए।प्रत्येक बर्ष यार्सासिजन सकिए पछि यार्सागुम्बाको बिक्रि बितरणकालागि केही दिनकोलागि मात्र मोरिम्ला नाका खुल्ने गर्दछ्।डोल्पाबाट यार्सागुम्बा ब्यापारगर्ने नाकानै मोरिम्ला नाका भएकाले यार्सा सिजनमा हजारौँ किलो यार्सागुम्बा बिक्रिकालागि मोरिम्ला नाका पु¥याईने गर्दछ।

मुख्य ठाँउमा सुरक्षा चेकपोष्ट छैन् भने खुला नाका भएकै कारण अवैध तरिकाले सयौँ किलो यार्सागुम्बा बिक्रिकालागि मोरिम्ला नाका पु¥याईने सरोकारवालाले बताए।यसबाट राज्यलाई लाखौँकर छली भईरहेको उनीहरुको बुझाइ छ। तल्लो डोल्पाबाट खाद्यान्नलगायतको ढुवानी गर्न मंहगो पर्ने भएको उपल्लो डोल्पालीहरु चीनबाटै खाद्यान्न, लत्ता कपडालगायतका बस्तुहरु आयात गर्ने गर्दछन्। उनीहरु नाका खुलेको बेला एक वर्षकोलागि पुग्ने खाद्यान्न लगायतका सम्पुर्ण बस्तुहरु ढुवानी गर्दछन्।

अहिले उपल्लो डोल्ल्पालीलाई मात्रै पायक पर्ने नाका भएपनि भविश्यमा मोरिम्ला नाकासम्म सडक संञ्जाल जोडियो भने रुपैडिया नाका जस्तै चर्चित नाका बन्ने र आम सर्वसाधारणकाको पहुँच पुग्ने डोल्पालीको आशा छ। उपल्लो डोल्पालीहरु सो नाकाबाटै दैनिक उपभोग्य सामाग्रीहरु ढुवानी गर्ने गर्दछन्। उनीहरुको ढुवानीको माध्याम भनेको घोडा, खच्चड याक नै हो।मोरिम्ला नाका प्रबेशकालागि शुल्क समेत लाग्ने गर्दछ। नाका प्रवेशकालागि प्रतिब्यक्ति पाँचसय सम्म र भने घोडा खच्चडकोलागि एक हजारसम्म शुल्क लाग्ने गरेको स्थानीय ओम रोकामगर बताए।

नेपालको राजश्व कार्यालय छैन् 

मोरिम्ला नाकामा चीनको अस्थायी राजश्व कार्यालय भएपनि नेपालको राजश्व कार्यालय स्थापना भएको छैन्। यार्सागुम्बा बिक्रिबितरण सिजनमा चीनले घोडा खच्चड चरिचरन, प्रवेश शुल्कलगायत अनेकौँ बाहानामा राजश्व उठाउने गरेको यार्सा ब्यापारीहरुको भनाइ छ। चिनको अस्थायी राजश्व कार्यालयले उक्त शुल्क उठाउने गरेको हो। नेपालको भने राजश्व उठाउने कुनै पनि निकाय छैन्। नाका खुलेको अवधिभर पशुबस्तुलाई चरिचरन गराउनपर्ने भएकाले धेरै शुल्क लिने गरेको रोकामगरले बताए। अहिले उपल्लो डोल्पाको धो बस्तीसम्म चीनबाट ल्याईएका मोटरसाईकल समेत गुड्ने गर्दछन्।

दुनै देखि मरिम्ला बोर्डर सम्म १२० कि.मि र जस मध्ये मोरिम्ला नाका देखि यता ७० कि.मि नेपालको भूभागमा बाटो निर्माण भई सकेको छ भने दुनै देखि माथी २५ कि.मि डिलिप प्रोजेक्टले निर्माणकार्य सम्पन्न गरेर जिप गुडिरहेको छ ।  कर्णाली प्रदेशका पर्यटन धनबहादुर बुढाले बताए।

जम्मा ९५ किमी सडक निर्माणकार्य सम्पन्न भईसकेको छ अब २५ किमी सडक निर्माणगर्न मात्रै बाँकी छ राज्यमन्त्री बुढाको भनाइ छ। ‘दुनै मोरिम्ला सडक निर्माणगर्न बाँकी २५ कि.मि कडा चट्टानै चट्टान छ, त्यो भाग नेपाली सेनालाई जिम्मा दिनका लागि छलफल भइरहेको बताएका छन्। त्रिदेशीय मार्ग नाम दिईएको

जाजरकोट–डोल्पा र दुनै–मोरिम्लासम्मको सडकको कुल लम्बाई २ सय ३८ किमी रहेको छ जाजरकोट–डोल्पा सडक कुल लम्बाई ११७.७ किमी छ। उक्त सडक डोल्पा दुनैसम्म जोडीन पाँचसय मीटर मात्रै बाँकी रहेको जाजरकोट डोल्पा सडकखण्डका कार्यदल प्रमुख कर्णेल बिश्वबन्धु पहाडीले जानकारी दिए।

बाँकी सडकखण्ड निर्माणकालागि अन्तिम भिरमा सेनाले काम गरिरहेको सेनाले जनाएको छ। २०७५ सालको दशैंसम्म डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सेनाको लक्ष्य छ। 
उत्तर दक्षिण लोकमार्गलाई खाली डोल्पासम्म मात्र जोड्ने सडकको रुपमा मात्र नहेरी राज्यले गौरवको रुपमा हेरेको पूर्वशान्ति मन्त्री सत्या पहाडीले बताइन्।
नेपाल, चीन र भारत बिच त्रिदेशिय  ब्यापारिक मार्गको रुपमापनि विकास गर्न सकिने उक्त सडकले रणनितिक महत्व बोकेको उनको भनाइ छ।
उपल्लो डोल्पामा पर्ने नेपाल चिनको सिमानामा पर्ने मोरिम्ला नाकाहुन्दै नेपालको बाँके जिल्ला को भारतको सिमाना रुपैडिया नाकासम्म जोड्ने मुख्य ब्यापारिक नाकाको रुपमा विकास गरि प्रशस्तै आम्दानी लिन सकिने उनको भनाइ छ।
डोल्पालाई सडकले मात्रै समृद्धि नबनाई शिक्षा स्वास्थ्य यातायातको विकासका हिसाबमा पनि वर्षौ देखि पहल गर्दै आएको उनको भनाइ छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.