|

त्रिपुराकोट (डोल्पा : डोल्पाको एक नगरपालिकाले जिल्लामा मोटरसाइकल गुडाउने सडक बनिसकेको नभए पनि नगरपालिकाको नाममा महँगो मोटर साइकल किनेर नेपालगन्जमा थन्क्याएको पाइएको छ। त्रिपुरासुन्दरी नगरपालिकाले कार्यालयको नाममा पल्सर कम्पनीको मोटरसाइकल किनेर नेपालगन्जमा थन्क्याएको हो।

नगरको पहिलो कार्यकारी अधिकृत नरबहादुर बुढामगरको कार्यकालमा २ लाख ३९ हजारको मूल्यमा किनिएको भे१ब ९०१ नम्बरको पल्सर मोटरसाइकल किनेर नेपालगन्जमा आफन्तको घरमा राखिएको त्रिपुरासुन्दरी नगरपालिकाका नायब सुब्बा चन्द्रप्रसाद बुढथापाले बताए।

डोल्पामा मोटरसाइकल गुडाउने सडक बनिनसकेको भए पनि नेपालगन्ज झर्दा कार्यालयीय कामकाजमा खटिनको लागि कर्मचारीलाई सजिलो होस् भनेर मोटरसाइकल किनिएको पनि नायब सुब्बा बुढमगर भनाइ छ।

जाजरकोट–डोल्पा निमार्धिन मोटरबाटो अन्तिम चरणमा पुगिसकेकोले असोजदेखि कात्तिकको दोस्रो सातामा नगरपालिकाकै आँगनमा मोटर गुड्ने र सदरमुकाम दुनै र नगरपालिकाभित्रकै अन्य वार्डहरुमा आवतजावत गर्नको लागि पनि सहज होस भनेर पनि पहिला खरिद गर्दा सस्तो पर्ने भएको मोटरसाइकल किनिएको नगरपालिकाले जनाएको छ। तर, यतिखेर उक्त मोटरसाइकल प्रयोगविहीन भएर थन्क्याइएको छ।

त्रिपुरासुन्दरी नगरपालिकाको असार १६ मा सम्पन्न दोस्रो नगरसभामा अधिकांश नगरसभा पार्षदहरुले मोटरै चलाउने सडक नभएको ठाउँमा मोटरसाइकल किनेकोमा चर्को विरोध गरेका थिए।

यसैगरी, त्रिपुरासुन्दरी नगरपालिकाले विकासमा आफ्नै स्रोतसाधन भन्ने भनाइका साथ एक करोडको लगानीमा १४० को हुन्डाई कम्पनीको डोजरसमेत खरिद गरि त्रिपुरासुन्दरी नगरपालिका-५/६ वडामा पर्ने खदाङ्ग फुल्चिङमा आन्तरिक सडक खनिरहेको नगरपालिकाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.