|

काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एक साताभित्र ‘केन्द्रीय सल्लाहकार कमिटी’ निर्माण गर्ने भएको छ ।  बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यालय समितिको बैठकले जतिसक्दो चाँडो केन्द्रीय सल्लाहकार समिति निर्माण गर्ने निर्णय गरेको हो ।

‘जतिसक्दो चाँडो केन्द्रीय सल्लाहकार समिति बनाउने एजेण्डामा मात्रै केन्द्रित भएर छलफल भयो, एक साताभित्र केन्द्रीय सल्लाहकार कमिटि निर्माण हुन्छ’ थाहा खबरसँग माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन् । केन्द्रीय सल्लाहकार समिति कति जनाको बनाउने भन्ने विषयमा भने छलफल भएको छैन । पुरानो केन्द्रीय समितिलाई यथावत राख्ने गरी नयाँ थपेर समितिलाई पूर्णता दिने सहमति भएको समेत भुसालले बताइन् । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.