|

माल्दिभ्सका विदेशमन्त्री मोसा जमीरले भारतका विदेशमन्त्री एस जयशंकरसँगको  भेटमा ऋण सहायतको बारेमा छलफल गरेका छन्। छलफलको क्रममा माल्दिभ्स भारतले प्रदान गर्ने आर्थिक सहयोग माल्दिभ्सको अर्थतन्त्रको लागि अभिन्न अंग भएको उल्लेख गरेका छन्। माल्दिभ्सका जनता भारत सरकारबाट प्राप्त गरेको धेरै अनुदानबाट लाभान्वित भएको उनले बताएका  छन्।

यसअघि भारतीय विदेशमन्त्री जयशंकरले  माल्दिभ्सका विदेशमन्त्री मोसा जमीरसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका थिए। विदेश मन्त्री एस जयशंकरले भारत र माल्दिभ्स बीचको सम्बन्धको विकास पारस्परिक हित र दुई देशको पारस्परिक संवेदनशीलतामा आधारित रहेको बताएका छन् ।

जयशंकरले भारतले माल्दिभ्सको विकास सहायताको प्रमुख सहयोगी भएको र भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित परियोजनाहरूले देशका जनताको जीवनमा फाइदा पुर्‍याएको  बताए। उनले  भारतले विगतमा पनि माल्दिभ्सलाई विभिन्न आर्थिक सहयोग प्रदान गरेको स्मरण गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.