सुर्खेत : संविधान दिवसका अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको मुख्य सहर वीरेन्द्रनगरको खुल्ला मञ्चमा विशेष समारोह आयोजना गरियो।
समारोहमा प्रदेश प्रमुख दुर्गाकेशर खनाल, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलगायत अन्य मन्त्रीहरू, प्रदेश सांसद, राजनीतिक दलका प्रमुखहरू, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारी, विद्यार्थी लगायत विभिन्न पेशा व्यवसायका संस्था तथा व्यक्तिहरूको उपस्थिति रहेको थियो।
उक्त समारोहमा यीनका अलवा आफूलाई जंगलको राजा भनेर चिनाउनेहरू पनि गणतन्त्र नेपालको संविधान दिवस मनाउन आएका थिए।
उनीहरू थिए राउटे समुदायका प्रतिनिधिहरू। फिरन्ते जाति भनेर पनि चिनिने राउटेहरू संविधान दिवसमा आफ्नो परम्परागत सांस्कृतिक झाँकी सहित सहभागी भएका थिए।
समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघरसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गरिएको थियो साथमा राउटेहरूको पनि झाँकीको प्रस्तुती रहेको थियो।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही संयोजक रहेको संविधान दिवस मूल समारोह समितिमा उनी भने उपस्थित हुन सकेनन्। उनी बुधबार नै छिमेकी देश चीन भ्रमणमा जाने कार्यतालिका भएकाले उपस्थित हुन नसकेका हुन्।
हेर्नुहोस् फोटो:
तपाईंको ईमेल गोप्य राखिनेछ ।