काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख ३ दलका नेताको बैठकमा संविधान संशोधन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाभियोग प्रस्तावमा छलफल भएको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन र महाभियोग प्रस्तावका विषयमा कुराकानी भएको बताए। 'संविधान संशोधनका विषयमा कुरा भयो। आन्दोलनरत पक्षसँग कसरी वार्ता संवाद गर्ने भन्ने हिसाबमा कुरा भाको छ। माग कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो।' उनले थपे,'महाभियोग बारे पनि कुराकानी भयो। यस विषयमा हाम्रो पार्टीले संसदिय दललाई निर्णय गर्ने अधिकार दिएको जानकारी मैले बैठकमा गराए।' उनले भने। देउवाले संविधान संशोधन नभएसम्म यसको कार्यान्वयन संभव नहुने तर्क बैठकमा राखेको बताए।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन कसरी गर्ने भन्ने विषयमा छलफल जारी नै रहेको बताए। उनले भने,' ४ विषयमा कुराकानी भयो। महाभियोग प्रस्ताव, संविधान संशोधन, संविधान कार्यान्यवन र निर्वाचन। संविधान संशोधनका विषयमा छलफल जारी नै छ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।