|

रुपन्देही : बुटवलको मैनाबगरमा बुधबार साँझ अज्ञात समूहले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतीय नागरिक फिरोज खान रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ। गोली लागेर घाइते भएका खानलाई उपचारका लागि लुम्बिनी प्रदेशिक अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भएको प्रहरीले जानकारी दियो। 

गोली किन र कसले चलायो भन्ने कुरा खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।

खान मैनाकगर अटो भिलेजमा काम गर्ने भारतीय नागरिक रहेको खुलेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.