|

कालिकोट : शुक्रबार साँझ परेको वर्षाका कारण कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरोले जादा कर्णाली राजमार्ग अबरुद्ध भएको छ।

भारी वर्षाका कारण पहिरो खस्दा कर्णाली राजमार्ग अबरुद्ध भएको हो। पहिरोले राजमार्गको सडक भत्काएपछि यातायात सेवा पूर्णरूपमा ठप्प भएको छ।

रारा जाने पर्यटक अलपत्र

गगनेखोला गएको पहिरोका कारणले रारा ताल घुम्न जाने पर्यटकबीच बाटोमा नै अलपत्र परेका छन्।

रारा ताल घुम्न जाने मौसम शुरुवात भएको नयाँ वर्षको उपलक्ष्यमा रारा घुम्न जाने पर्यटक थुप्रै बीच बाटोमा अलपत्र परेका जुम्लाका अमरजंग शाहीले बताए। ‘रारा ताल जाने कयौं पर्यटकबीच बाटोमा नै अलपत्र परेका छन्’ उनले भने, ‘बीच बाटोमा अलपत्र परेका लागि खाने बस्नेको सुविधासमेत छैन्।’

पहिरो पन्छाउन डोजरको प्रयोग

अबरुद्ध राजमार्ग खुलाउन डोजरको प्रयोग गरिएको छ। दहिखोला, किट्टुभीर, पादुका खोला पहिरो पन्छाएर गगनेखोला पहिरो पन्छाउन डोजरको प्रयोग भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। गगनेखोलाको पहिरोले बर्सेनि दुःख दिने गरेको सडक डिभिजन कार्यालयका जुम्ला इन्जिनियर श्रवणकुमार महताराले बताए। ‘बर्सनि वर्षायाम लागेसँगै पहिरो खस्ने गरेको छ।’ उनले भने, ‘बिहानदेखि पहिरो पन्छाएर सडक खुलाउने प्रयास गरिएको छ।’

पहिरो पन्छाउने काम सुरु भएको अबरुद्ध राजमार्ग शनिबार रातिबाट खुल्ला हुने कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए। ‘नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल सडक डिभिजन कार्यालय जुम्लाले पहिरो पन्छाउन लागेका छन्’ उनले भने, ‘शनिबार रातिबाट अबरुद्ध राजमार्ग खुल्ला हुनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.