|

कालीकोट : जिल्ला सदरमुकाम मान्मबजारदेखि करिब पंचदेवल माध्यामिक विद्यालयमा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा हिँडेका लु१च ६४६४ नम्बरको जिप दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। खेलाडी र दर्शक बोकेको जिप जिल्ला अस्पताल मोडमा पल्टिँदा २५ जना घाइते भएका हुन्।

प्रहरीका अनुसार क्षमताभन्दा बढी यात्रु बोकेर कार्यक्रमस्थलतिर जाँदै गरेको रातो प्लेटको जिप अस्पतालको मोडमा बायाँतिर मोड्दै गर्दा पल्टिएर ५ जना महिला र २० जना पुरुष घाइते भएका छन्। पाँचजना यात्रुहरु बोक्न मिल्ने जिपमा २५ जनाभन्दा बढी यात्रु बोकेकाले जिप पल्टिएको प्रहरीको भनाइ छ।

जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक नवराज भट्टले जिप दुर्घटनामा घाइते भएका २५ जना मध्ये २ जना गम्भीर रहेको बताए।

अर्जुन भारती र जयराज पाण्डे गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि रिफर गरिएको छ। बाँकी २० जना घाइतेहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.