विदेशका भित्तामा धरहरा र हलो जोतेका फोटो

|

काठमाडौं :  कतै हिमालसँग जोडिएका पाटामा हलो जोत्दै गरेका नेपाली। कतै नेपाली झण्डा फहराइएका बस्ती । कतै लुम्बिनी, कतै पशुपति त कतै धरहरा। 

कतारका विभिन्‍न क्षेत्रका भित्ताहरुमा नेपाली कला प्रस्तुत गरिँदै छ। पछिल्लो एक सातादेखि नेपाली कम्पनी वान डे पेन्टिङ आर्ट एण्ड डेकोरले अनुमति पाएका कतारका भित्ताहरू रंगाइएको छ। 

नेपालका बिभिन्न शहरहरूमा यस्ता आर्टहरू बनाउने गरेको वान डेले एक वर्षदेखि अन्तर्राष्ट्रियस्तरमा नेपाली मौलिकता झल्काउने आर्टहरुमा विस्तार गर्न थालेको हो। कतारमा कम्पनीको शाखा नै विस्तार गरेर काम गरिएको कम्पनीका प्रवन्ध निर्देशक सुन्दर विष्टले जानकारी गराए। 

अहिले कतारस्थित ग्रीन ग्रास ट्रेडिङ एण्ड कन्ट्राक्टिङ कम्पनीसँगको सहकार्यमा शाखा कार्यालय विस्तार गरी काम गरिएको वान डेकाका अध्यक्ष एवम् कलाकार ओमबहादुर दर्लानले बताए । 

दोहाको वेस्ट विटेर्न प्लस होटलको १४औं तलामा सञ्चालनमा आउन लागेको एशियन दोहोरी साँझमा आर्ट गर्दै दर्लान।

नेपालको कला, संस्कृति एवम् पर्यटकीय स्थलहरु झल्काउनका लागि थ्रीडी आर्ट गर्न लागिएको एशियनका सञ्चालक प्रविन गुरुङले बताए । ‘हामी व्यापार व्यवायको सिलशिलामा यहाँ(कतारमा) छौं तर, हामीले आफ्नो जन्मभूमिलाई कहिल्यै भुलेका छैनौं र भुल्दैनौं पनि', उनले भने, 'त्यसले देशको झल्को मेटाउने गरी वान डेलाई ल्याएर आर्टको काम गराएका हौँ, जसले नेपाली मात्र नभई विदेशी पर्यटक समेत लोभिने विश्वास लिएको छु।'

नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरेको नेपाल भ्रमण वर्षलाई लक्षित गरी वान डे ले देश तथा विदेशमा काम गरिरहेको प्रवन्ध निर्देशक विष्टको दाबी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.