चाणक्य भन्छन्, जसको सन्तान आफ्नो अधीनमा छ, श्रीमती इच्छा अनुसारको व्यवहार गर्छिन्, जो थोरै सम्पत्तिमा पनि सन्तुष्ट रहन्छ उसका निम्ति स्वर्ग यहीँ छ।
आनन्दयुक्त घर मिलोस्। छोराहरू ज्ञानी, बुद्धिमान् होऊन्। मधुर वाणी भएकी पत्नी हुन्। जीविका चल्ने धेरथोर धन होस्। आफ्नै श्रीमतीमा मात्र यौनव्यवहार होस्। आज्ञापालक सेवक होस्। अथिथिसेवा होस्। घरमा धार्मिक कार्य भइरहुन्। साधुसन्तहरूको संगत होस्। घरकै अन्न जल खान पाइयोस्। यति हुने हो भने गृहास्थाश्रम नै स्वर्ग छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।