|

इटहरी : पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आइतबारसम्म ७४ वटा स्वर्ण पदकको टुंगो लागेको छ। ७४ मध्ये आधा स्वर्ण पदक विभागीय टीम आर्मीले जितेको छ। नेपाल आर्मीले ३६ स्वर्ण, १९ रजत र १३ कास्य पदक जितेको छ।

पदक तालिकाको दोश्रो स्थानमा रहेको नेपाल प्रहरीले १५ स्वर्ण, १३ रजत र १७ कास्य पदक गरी कुल ४५ पदक जितेको छ। तेश्रो स्थानमा रहेको अर्को विभागीय टिम सशस्त्र प्रहरीले ८ स्वर्ण ११ रजत र १७ कास्य गरी कुल ३६ पदक जितेको छ।

क्षेत्रीय टिमहरुमाम मध्यमाञ्चलले सबैभन्दा धेरै ६ स्वर्ण, १३ रजत र १२ कास्य गरी ३१ पदक जितेको छ। पूर्वाञ्चलले ३ स्वर्ण ५ रजत र ११ कास्य गरी १९ पदक जितेको छ। पश्चिमाञ्चलले २ स्वर्ण १० रजत र १ कास्य गरी १३ पदक जितेको छ।

मध्यपश्चिमाञ्चलले पनि २ स्वर्ण, २ रजत र ६ कास्य जितेको छ भने सुदूर पश्चिमाञ्चलले २ स्वर्ण १ रजत र १२ कास्य जितेको छ।

हेर्नुस् कसले कति जिते पदक?

क्र सं

टिम

स्वर्ण

रजत

कास्य

जम्मा

नेपाल आर्मी

३६

१९

१३

६८

नेपाल प्रहरी

१५

१३

१७

४५

सशस्त्र प्रहरी

११

१७

३६

मध्यमाञ्चल

१३

१२

३१

पूर्वाञ्चल

११

१९

पश्चिमाञ्चल

१०

१३

मध्यपश्चिमाञ्चल

१०

सुदूरपश्चिमाञ्चल

१२

१५

 

जम्मा

७४

७४

१०१

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.