|

बोस्टन (अमेरिका) : दक्षिण अमेरिकी मुलुक चिलीमा ‘मातृभूमिका लागी नेपाली’का लागि १३ सदस्यीय राष्ट्रिय समिति गठन भएको छ। 

गठित समितिको संयोजकमा सरोज अर्याल, सहसंयोजकमा विनोद केसी, कोषाध्यक्ष श्यामबहादुर गाहा मगर, सचिवमा अनमिका सारु मगर र सहसचिवमा अन्जना खड्का छन्। 

समितिका सदस्यहरूमा रत्न बस्नेत, सुदन गुरुङ, सन्तोष मोक्तान, कर्णबहादुर राई, ढकराज ठकुरी, कुलबहादुर खड्का, रोहित खतिवडा र प्रभु ठाकुर हजाम छन्।

सन् २०१९ जुलाई १९ चिलीको राजधानी सान्तिएगोमा भएको भेलाले राष्ट्रिय समिति गठन गरेको हो। चिलीलगायत दक्षिण अमेरिकी मुलुकहरू ब्राजिल, अर्जेन्टिना, पाराग्वे, उरुग्वे, भेनेजुएला, इक्वेडोर, पेरु, बोलिभिया, गुयाना, सुरिनाम आदिमा नेपाली मुलका मानिसको बसोबास छ। ‘मातृभूमिका लागी नेपाली’को स्थापना २०७५ सालमा भएको हो। नेपाल–चिली द्वैपक्षीय सम्बन्ध सन् १९६२ मा स्थापना भएको ह। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.