|

कालिकोट : जिल्लामा जिल्लामा २०७५/०७६ मा संघीय सरकार र प्रदेश सरकारको गरी ४७ करोड बढी बजेट फ्रिज भएको छ। विकास निर्माणका काममा ढिलाई हुँदा सो रकम  फ्रिज भएको हो।

कालिकोटका अनुसार संघीय सरकारको कुल तीन अर्ब ४४ करोड ३३ लाख ८० हजार रुपैयाँ बजेटमध्ये तीन अर्ब १७ करोड ६० लाख ८२ हजार खर्च भएकोमा २६ करोड ७२ लाख ९७ हजार रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रणको कार्यालय कालिकोटले जनाएको हो।

कर्णाली प्रदेश सरकारले जिल्लाको लागि चालु र पुँजीगत गरी कुल ७७ करोड ५२ लाख ६८ हजार रकममध्ये ५७ करोड १३ लाख ७३ हजार खर्च भएको र २० करोड ३८ लाख ९४ हजार फ्रिज गएको कोष तथा लेखा नियन्त्रण कार्यालय कालिकोटले जनाएको छ।

संघीय सरकार र प्रदेश सरकारको बजेट जोड्दा ४७ करोड ११ लाख बढी रकम जिल्लामा काम हुन नसकी फिर्ता भएको देखिएको जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख बसन्तराज श्रेष्ठ बताए। ‘पुँजीगततर्फ संघीय सरकारको जिल्लामा आएको जम्मा रकम १७ करोड ९९ लाख २५ हजार मध्येबाट १.५ करोड ७७ लाख ५५ हजार ५०७ रुपैयाँ खर्च भएको छ’ उनले भने,‘जिल्लामा अधिकांश रकम खर्च हुन नसकेर फिर्ता जाने क्रम कायमै छ।’

जिल्लामा रहेका नौ वटा स्थानीय तहले विकास रकम खर्च गर्न नसकि फिर्ता पठाएको कोष तथा लेखा नियन्त्रक कार्यालय कालिकोटका प्रमुख श्रेष्ठले बताए। ‘केन्द्र सरकारको मात्र नभएर प्रदेश सरकारबाट विनियोजित रकम पनि फ्रिज गएको छ’ उनले भने,‘कर्णाली प्रदेश सरकारबाट कालिकोट जिल्लामा आएको रकम मध्येबाट २६.३० प्रतिशत रकम खर्च हुनै सकेन।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.