|

भद्रपुर, (झापा) : भारतको बैंगलोर झापाका एक विद्यार्थी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। भद्रपुर नगरपालिका-८ बस्ने २८ वर्षीय अतिन खड्का मृत अवस्थामा फेला परेको भारतीय प्रहरीले जानकारी गराएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए।

साउन १९ गते शनिवार राति २ बजे बैंगलोरस्थित गोपीनाथ पेटी पसलभित्र खड्का प्यालिष्टकको डोरी लगाई झुण्डिएको अवस्थामा फेला परेको भारतीय प्रहरीको भनाइलाई उद्धृत गर्दै प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

उनका अनुसार पसलका सञ्चालक शिवकुमारले खड्कालाई झुण्डिएको अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। भारतीय प्रहरीले उनको शवलाई पोस्टमार्टमका लागि बैगलोरस्थित के आर अस्पताल मैसुरुमा पठाएको जनाइएको छ ।

'पोस्टमार्टमपछि शव अस्पतालमै रहेको छ', प्रहरी निरीक्षक श्रेष्ठले भने, 'शव लिन उनका परिवारजन नपुगेपछि भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेको हो।’

खड्काको फोटोसहितको पासपोर्टको फोटोकपी र लेटर भारतीय प्रहरी नेपाल प्रहरीलाई पठाएको छ ।

'खड्का पढाइको सिलसिलामा भारतको बैगलोर गएको हुनुपर्छ, प्रहरी निरीक्षक श्रेष्ठले भने, 'अहिलेसम्म भद्रपुरमा उनको परिवारजनको पहिचान हुन सकेको छैन, कसैले उनको पहिचान गर्न सके, तत्काल नेपाल प्रहरीसँग समन्वय गर्न अनुरोध गर्दछु ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.